ताजा अपडेट
स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा
- 2 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
बेनी, १२ भदौ । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समिक्षा गोष्ठी गरेको छ । दुईदिनसम्म संचालन हुने समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय, बेनी अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य संयोजक तथा सहसंयोजकहरुको सहभागिता रहेको छ । कार्यालयको बार्षिक गतिविधि कार्यालय प्रमुख... पुरा पढ्नुहोस
म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल
- 2 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
संघ र प्रदेशको निर्वाचन आउन अबसाढे दूई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् । चुनावको तयारीका लागि... पुरा पढ्नुहोस
निर्वाचन सचेतनाका लागि घरदैलो गर्ने
- 2 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
म्याग्दी, १२ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि... पुरा पढ्नुहोस
पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध
- 2 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
बेनी, १२ भदौ । पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन... पुरा पढ्नुहोस
राखु भगवतीमा नेवारको पुर्खौली लाखे नाच
- 2 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७९, शनिबार
म्याग्दी, ११ भदौ । विभिन्न जातजातीको कलासस्कृतिले भरिपूर्ण रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच देखाईएको छ । हटियामा रहेका नेवार समुदायले विगत देखाउदै आएको लाखे शनिबार देखाएका हुन् । युवा पस्ताको कारण विगत ५ बर्षसम्म हुन नसकेको लाखे नाच यस बर्ष युवाहरु मिलेर गरेको मिलन श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस
भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने
- 2 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७९, शनिबार
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित... पुरा पढ्नुहोस
बेनीमा सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महँगोमा भाडामा लगाउने प्रवृति
- 2 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७९, शनिबार
म्याग्दी ११ भदौ । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गामा बिचौलियाको रजगज भएको छ । नियमन, अनुगमन र सार्वजनिक जग्गाको संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा सीमित व्यक्तिको कब्जामा सार्वजनिक जग्गा परेको हो । समयमा भाडा नतिर्ने, सम्झौता र प्रयोजन विपरीत संरचना बनाउने, सम्झौता अवधि सकिए पनि नछाड्ने, अस्थायी संरचना बनाएर अरुलाई... पुरा पढ्नुहोस
गाै बाेमबस्तमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न, प्रतिभा बाल क्लब प्रथम
- 2 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
प्रकाश अधिकारी म्याग्दी १० भदाै । गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ बोम बस्त माध्यमिक विद्यालय प्रथम भएको छ । दोस्रो र तेस्रो क्रमशः भीम माध्यमिक विद्यालय र सिद्धार्थ... पुरा पढ्नुहोस
हाडेभीरमा सुख्खा पहिरोले सडक अबरूद्द, सावधानीले सम्भावित खतरा टर्याे (भिडियाे)
- 2 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
https://youtu.be/NfYDfCCgUyI भदौं १० गते । बेनी –बागलुङ सडक अन्तरगत म्याग्दीकाे बेनी नगरपालिका २ स्थित हाडेभीरमा शुक्रबार खसेकाे सुख्खा पहिरो । पहिरोका कारण बेनी –बागलुङ सडक अवरुद्ध बनेको छ । केही दिनयता यस खुल्ला मञ्च पारिपट्टी निरन्तर पहिरो खसिरहेको छ । दुईदिन अघि पनि पहिरो खसेर दुई जना पैदल... पुरा पढ्नुहोस
नतिजा पुनर्योगबाट लिटल गार्डेनका उत्सव सापकोटाको एसइईमा ४ जिपिए
- 2 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
म्याग्दी १० भदौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका म्याग्दीका एक परीक्षार्थीले पुनर्योग गर्दा ४ जिपिए ल्याएका छन् । सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीका उत्सव सापकोटाले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगको आवेदन दिएकोमा उक्त पुनर्योगको नतिजामा सापकोटाको सर्वोत्कृष्ट ४ जिपिए... पुरा पढ्नुहोस