रेशम जुग्जालीले लिए मन्त्री पदको शपथ

  • १० माघ २०७९, मंगलवार
  • 535 पटक पढिएको

 

म्याग्दी, ११ माघ। गण्डकी प्रदेश सरकारकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका रेशम जुग्जालीसहित ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


एमालेका रोशन गाहाले आन्तरिक मामिला, सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।