दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

  • ११ माघ २०७९, बुधबार
  • 475 पटक पढिएको

 

बेनी, १ माघ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले बताउनुभयो । दोस्रोले रु. ३० हजार र तेस्रोले नगद रु. २० हजारको साथमा ट्रफी र मेडल पाउनेछन् ।

प्रत्येक बिधामा बिजयी हुने विद्यालयले नगद रु. पाँच हजार र ट्रफी पाउने बताइएको छ । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ । उद्घाटन समारोहमा भएको मार्च पासमा पाउद्धार मावि विजयी भएको छ । १५०० मिटरको दौड छात्रतर्फमा शिख मावि स्वर्ण, मुतिm मार्ग माविले रजत र ज्ञानप्रकाश माविले कास्य पदक जितेको छ । छात्रातर्फको १५०० मिटर दौडमा शिख माविले स्वर्ण, प्रभा माविले रजत र टिकोट माविले कास्य पदक जितेका छन् ।

आठ विद्यालय सहभागी छात्र भलिबलको पहिलो चरणको प्रतिस्पर्धामा शिख माविले हिमाञ्चल माविलाई पराजित गरेको छ । भलिबलको छात्रातर्फ ९ टिम सहभागी छन् । कवड्डीको छात्रातर्फ सर्वोदय माविले ज्ञानप्रकाश माविलाई पराजित गरेको छ । प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्र्नुभएको थियो । समारोहमा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, वडा अध्यक्षहरु, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा लगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा शिखका कलाकारहरुले मौलिक गितमा नृत्य प्रस्तुत गरेका थिए ।