मन्त्री चुमान र जुग्जालीले कार्यभार सम्हाले

  • ११ माघ २०७९, बुधबार
  • 623 पटक पढिएको

 

पोखरा, ११ माघ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार बिहान कार्यभार सम्हाल्नु भएको छ ।

मन्त्री जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार संकलन र बिक्री वितरण सम्बन्धी प्रदेशगत रणनीतिक योजना बनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नेकपा माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका चुमान तनहु २(२) र जुग्जाली म्याग्दी प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित हुनुभएको हो ।

चुमान यसअघि पृथ्वीसुब्ब गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो । जुग्जाली भने पहिलो पटक मन्त्री बन्नुभएको हो । मन्त्रीद्धयलाई सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।