ताजा अपडेट

गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्वुजा, प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारी उम्मेदवार

म्याग्दी २३ असोज । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा(खमबिर)ले प्रतिनिधिसभामा टिकट पाउनुभएको छ । आज विहान मात्रै गठबन्धनका दलहरूले जिल्लामा आन्तरिक सहमति गरेर प्रतिनिधिसभा काँग्रेस र प्रदेश सभाका दुवै सिटमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार उठाउने सहमति गरेका थिए । सत्त गठबन्धनको केन्द्रले यसअघि म्याग्दी माओवादिको... पुरा पढ्नुहोस

म्याग्दीमा मनोनयन दर्ता धमाधम

म्याग्दी, २३ असोज । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा मनोनयन दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता धमाधम गरेका छन् । नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा... पुरा पढ्नुहोस

रवि लामिछाने चितवन २ बाट लड्ने 

चितवन २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । यस अघि ३ नम्बर क्षेत्र बाट उम्मेदवार बन्ने चर्चा रहेपनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खा बाट निर्वाचन लड्ने भएपछि उनी क्षेत्र नम्बर २ मा गएको आकलन... पुरा पढ्नुहोस

रूपन्देही-१ बाट घनश्याम भुसाल स्वतन्त्र उम्मेदवार हुने,सत्ता गठवन्धनले समर्थन गर्ने

काठमाण्डौ २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। स्वतन्त्र... पुरा पढ्नुहोस

आइतबार ‘१० बजेदेखि ५ बजेभित्रै मनोनयन दर्ता हुने

  म्याग्दी, २२ असोज । आईतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

अछाम २२ असोज । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्... पुरा पढ्नुहोस

घनश्याम भुसालद्वारा एमाले परित्याग गरेकाे घाेषणा

काठमान्डौ २२ असोज ।  नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।    उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । भुसाललले पाटीमा केपी शर्मा ओलीको दम्भ... पुरा पढ्नुहोस

अबिरल बर्षाको कारण फुलवारीमा एक घर भत्कियो

म्याग्दी २२ असोज । अबिरल बर्षाको कारण म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीमा एक घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर बर्षाको कारण भत्किएको हो । आज विहान करिब ५ः ४५ बजेतिर भण्डारीको दुई तले घर पूर्ण रुपमा भत्किएको वडा सदस्य जितबहादुर खत्रीले जानकारी दिनुभयो ।विहानपख घर भत्किएको कारण मानविय... पुरा पढ्नुहोस

एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो... पुरा पढ्नुहोस

सत्ता गठबन्धनमा म्याग्दीमा: संघमा माओवादी, प्रदेशका दुबै सिटमा कांग्रेस

  म्याग्दी २१ असाेज । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।सिटबाडफाँट अनुसार म्याग्दीको संघ तर्फ नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । प्रदेश तर्फका दुवै क्षेत्र भने नेपाली काँग्रेसकाे भागमा परेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २०... पुरा पढ्नुहोस