ताजा अपडेट

अन्नपूर्णमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु

म्याग्दी २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको सबै... पुरा पढ्नुहोस

‘पालिकाको आयस्रोत बढाउन स्थानीय स्रोत साधनको प्रयोग र उत्खनन् गर्नुपर्छ’

  म्याग्दी, २४ फागुन । पोखरा महानगरपालिकाका सल्लाहकार समितिका संयोजक एवम् अर्थ विद आनन्दराज मुल्मीले म्याग्दीका पालिकाले स्थानीय स्रोत साधन अधिकत्तम रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ। संघिय सरकारको भरमा संचालन रहेका पालिकाले स्थानीय स्रोतसाधन अधिकत्तम प्रयोग र उत्खनन् गर्न सकेमा आम्दानीका स्रोतहरु बढ्ने बताउनुभयो । पर्यटन ब्यवसायी महिला संघ... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनायो

  म्याग्दी, २४ फागुन । बेनी नगरपालको ११ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । बेनी नगरपालिकाले बुधबार जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । दिवसको अवसरमा... पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा कृषकलाई रु डेढ करोड अनुदान

म्याग्दी २४ फागुन । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९/८० मा रु डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ । रु एक करोड ५१ लाख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले... पुरा पढ्नुहोस

मुस्ताङमा हिमपात भएपछि स्थानीय हर्षित

मुस्ताङ, २४ फागुन । मुस्ताङमा यो बर्षको पहिलो हिमपात भएको छ । गयरातीदेखि सुरु भएको सामान्य बर्षापछि बढेको चिसोको कारण हिमपात हुन सुरु गरेको हो । यस बर्षको मुख्य हिमपात हुने पुस र माघ महिनामा हिउँ नै नपरिकन बितेपनि फागुनमा भएको हिमपातले स्थानीय उत्साहित बनेका छन् । हिमपात भएसँगै, स्थानीयबासी... पुरा पढ्नुहोस

पल्सर स्पोर्ट्स अवार्डबाट अरुणा वर्ष खेलाडी घोषित

काठमाण्डाै २३ फागुन । फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ... पुरा पढ्नुहोस

योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल बिषयमा अन्तरक्रिया

म्याग्दी, २३ फागुन । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक : भिरकाटेमा सुरुङ निर्माणको तयारी

म्याग्दी, २३ फागुन । कालीगण्डकी करिडोर सडकखण्ड अन्तरगत बेनी–जोमसोम खण्डमा अक्करे पहाडमा सुरुङ निर्माणको तयारी भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । यहाँ झण्डै तीन सय... पुरा पढ्नुहोस

मल्कबाङमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण

बेनी, २३ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । वल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मंसिर २७ गते १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने... पुरा पढ्नुहोस

‘प्रचण्ड’को अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा... पुरा पढ्नुहोस