सुवेदी कल्याण प्रतिष्ठान गण्डकीको कुलपतिमा बालकृष्ण सुवेदी, म्याग्दीको कुलपतिमा ज्ञानेन्द्र सुवेदी

  • २८ श्रावण २०८०, आईतवार
  • 359 पटक पढिएको

 

बेनी, २८ साउन । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा बालकृष्ण सुवेदी चयन हुनुभएको छ। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


प्रदेशस्तरीय सुवेदीको भेलाले केन्द्रिय सदस्यमा लक्ष्मि सुवेदीलाई मनोनित गरेकोछ । भेलामार्फत गण्डकी प्रदेशको सदस्यमा रामप्रसाद सुवेदी, हरीकृष्ण सुवेदी, ध्रुव सुवेदी, गंगाखत्री सुवेदी चयन हुनुभएको छ।

त्यस्तै प्रदेशसंगै गलेश्वरमा भएको म्याग्दीको तेस्रो जिल्ला अधिवेशनबाट सुवेदी क्ल्याण प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी सर्वसम्मत चयन हुनुभएको छ।

त्यस्तै समितिको उपकुलपतिमा रामप्रसाद सुवेदी, कुल सचिवमा सन्तोष सुवेदी, कुल कोषरक्षकमा मदन सुवेदी, कुल उपसचिवमा कमला सुवदी रहनुभएको छ । सदस्यहरुमा गोरखनाथ सुवेदी, नेत्रराज सुवेदी लगायत रहनुभएको छ।