कालीगण्डकी नदीको बहाव बढ्दो ( फोटोफिचर )

  • २८ श्रावण २०८०, आईतवार
  • धिरन खत्री
  • 427 पटक पढिएको

 

म्याग्दी, २८ साउन । अविरल बर्षासँगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालीगण्डकी नदीको बहाव बढ्दै गएको छ।

माथिल्लो भेगमा निरन्तर भएको उच्च बर्सातले यस बर्षको साउनको अन्तिममा कालीगण्डकी नदीको बहाव बढेको हो ।


काली गण्डकी नदी अतिक्रमण गरेर संरक्षणको काम गर्दा बढीरहेको नदीको बहावले बस्ती कटान गर्ने जोखीम बढेको छ ।

कालीगण्डकी नदीमा मिसिने धौलागिरी हिमालबाट बग्ने म्याग्दी र रघुगंगा नदीको पनि बहाव बढेको छ। निरन्तर बर्षापछिको बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l