आलु भित्र्याउन चटारो (तस्बिर)

बेनी, २८ साउन :  म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीमा आलु खन्दै गरेका स्थानीय । यस बर्ष आलुको उत्पादन बढेपछि कृषक हर्षित भएका छन् । मंगले, चौरखानी, घ्यासीखर्क,  दुवाडी, ढाँण, पात्लेखर्क लगायतका बस्तीमा आलु उत्पादन राम्रो भएपनि चिमखोलाको मलाङमा गएको पहिरोले यहाँको आलु निर्यात हुन सकेको छैन् । आलु खेतीमा सम्भावनायुक्त यो क्षेत्रका अधिकाँश स्थानीयबासीले आलुलाई घरमा भित्र्याएका छन् ।  
तस्बिर सौजन्य : सन छन्त्याल