ताजा अपडेट
निस्कोटमा सार्वजनिक सुनुवाई सम्पन्न
- 9 बर्ष, 1 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
म्याग्दी,२२ फागुन । म्याग्दीको निस्कोट गाविसमा आइतबार सार्वजनिक सेवाप्रवाह सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । निस्कोट गाविस कार्यालयको आयोजनामा भएको कार्यक्रममा चालु आर्थिक बर्ष २०७३÷ ७४ मा कार्यालयबाट गाविसमा सञ्चालित विकास निर्माण अवस्थाको बारेमा अन्तक्रिया तथा सार्वजनिक सुनुवाई भएको थियो भने गाविस लगायतका स्थानीय निकायबाट प्रवाह हुने सेवा... पुरा पढ्नुहोस
सिंगामा नगरपालीकाको सार्वजनीक सुनुवाई
- 9 बर्ष, 1 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
म्याग्दी, २२ फागुन । बेनी नगरपालीका १४ सिंगामा आईतबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बेनी नगरपालीका कार्यालयले आयोजना गरेको कार्यक्रममा नगरपालीकाको सेवा प्रवाह र विकास गतिबिधिमा देखिएको समस्या तथा समाधानका लागि भएका पहलको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको थियो । कार्यक्रममा सहभागी... पुरा पढ्नुहोस
अन्नपुर्ण प्राविको पुर्ननिमार्णका लागि बेल्जियममा रहेका राखुबासीबाट सहयोग
- 9 बर्ष, 1 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
म्याग्दी,२२ फागुन । म्याग्दीको राखुभगवती ८ सिजलगाँउमा रहेका अन्नपुर्ण प्राविको भवन पुर्ननिर्माणको लागि बेल्जियमा रहेका राखुबासीबाट सहयोग प्राप्त भएको छ। बेल्जियमा रहेका राखुबासीको सक्रियतामा उठेको रकम १ लाख ३३ हजार आइतबार मोना आईसीसी युरोपका उपाध्यक्ष राजेन्द्र कार्कीले विद्यालयका प्रअ डेकबहादुर भण्डारी र विद्यालय ब्यवस्थापनका अध्यक्ष अर्जुन भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो... पुरा पढ्नुहोस
सुनसरीमा दोहोरो झडप, दुई दर्जनभन्दा बढी घाइते
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
इटहरी, २१ फागुन । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह–४ मा रहेको सुनसरीखोला किनारमा रहेको ऐलानी जमिनमा स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्रको माग गर्दै गरिएको आन्दोलन स्थगित
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीमा प्रस्तावित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्न माग गर्दै स्थानीयले थालेको आन्दोलन स्थगित गरिएको छ । ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सास्ती हुने गरि स्थानीय तह पुनर्सरचना आयोगले अस्थायी केन्द्र तोकेपछि गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबासी बिगत चार दिनदेखि चरणबद्ध रुपमा आन्दोलीत... पुरा पढ्नुहोस
दुबै मृगौलापिडित मराङका गर्वुजाको जिबनरक्षाको लागि सहयोग गर्न अपिल
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीको मराङ–५ का ३६ बर्षिय मृगौला पिडित महेन्द्रबहादुर गर्वुजाको जिबनरक्षाको लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् । दुबै मृगौलामा खराबी आएपछि हाल टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत गर्वुजाको घरपरिवारको आर्थिक अबस्था कमजोर भएको र उपचारमा लाग्ने लाखौँ रुपैयाँ खर्च जुटाउन कठिनाई आएपछि उनका घरपरिवारले... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दीको बैठक पर्यटकीय रुईसे– भेडीओढारमा (फोटोफिचर)
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । नेपाल पत्रकार महासंघ म्याग्दीले आफ्नो नियमित बैठकलाई सदरमुकाम बाहिर आयोजना गर्ने परम्पराको थालनी गरेको छ । जिल्लाका पर्यटकीय तथा धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिने क्षेत्रमा पुगेर त्यस क्षेत्रको सम्भावना र समस्याहरुलाई उजागर गर्ने उदेश्यले महासंघको नवनिर्वाचित समितिले आफ्नो नितिगत निर्णय गर्दै मासिक रुपमा बस्ने बैठक सदरमुकाम बाहिर... पुरा पढ्नुहोस
१४ खर्ब बढी लगानी गर्न विदेशी इच्छुक
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २१ फागुन । नेपालमा राजनीतिक स्थिरता बढ्ने संकेतसँगै विभिन्न देशका लगानीकर्ता यहाँ व्यापार–व्यवसाय फैलाउन उत्साही देखिएका छन्। शुक्रबार राजधानीमा सम्पन्न दुईदिने 'नेपाल लगानी सम्मेलन– ०१७' मार्फत प्रमुख राजनीतिक नेतृत्वले आर्थिक विकासमा एकजुट भएको उद्घोष गरेसँगै सहभागी विदेशी लगानीकर्ताले नेपालमा १४ खर्ब लगानी गर्न इच्छा देखाएका छन्। दुई छिमेकी भारत... पुरा पढ्नुहोस
सरकारी कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको भकिम्लीबासीको गुनासो
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २० फागुन । म्याग्दीको भकिम्लीका बासिन्दाहरुले जिल्ला स्थित सरकारी कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भएको गुनासो गरेका छन् । भकिम्ली गाविस कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले प्रशासन, मालपोत, प्रहरी कार्यालयको सेवा लिन पहुँचवालाको सहयोग र भनसुन गर्नुपरेको गुनासो गरेका हुन् । आवश्यक सबै कागजात पुगेपनि कर्मचारीले... पुरा पढ्नुहोस
बिम–ताकम सडक निर्माण उपभोक्ता समिति गठन
- 9 बर्ष, 1 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी–दरवाङ–बिम–ताकम–जलजला सडक अयोजनाको बिम ताकम खण्ड निर्माणका लागि शुक्रबार उपभोक्ता समिति गठन भएको छ । खुमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको समितिको सचिवमा किरन थापा, कोषाध्यक्षमा पदमकुमारी आचार्य र सदस्यहरुमा तारादेवी थापा, गोविन्द पौडेल, राजु बिक, प्रेमप्रसाद पुन, शेरबहादुर थापा र चन्द्रकला सुवेदी रहनुभएको छ ।... पुरा पढ्नुहोस