म्याग्दी जेसिजको आयोजनामा उद्घोषण एवम् सार्वजनिक भाषणकला तालिम

  • ७ चैत्र २०७३, सोमबार
  • 2539 पटक पढिएको

म्याग्दी, ७ चैत ।  युवाहरुको क्षमता तथा नेतृत्व विकास संगै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय म्याग्दी जेसिजको आयोजनामा शनिवार वेनिमा उद्घघोषण एवं प्रभावकारि सार्वजनिक भाषणकला तालीम सम्पन्न भएको छ ।

17353342_491200271050225_7860696431239081166_n नेपाल जेसिज वर्ष २०१७ का उपाध्यक्ष एवं एरिया बि का उपाध्यक्ष, प्रभावशाली राष्ट्रिय प्रशिक्षक जेसि मन्जरी घिमीरेले सहजिकरण गर्नु भएको उक्त कार्यक्रममा म्याग्दी जेसिजका सदस्यहरु ,वेष्ट पोईन्ट मन्टेस्वरि, दीदीवहिनी सहकारि ,मगर विद्यार्थी संघ, म्याग्दी सुनचाँदी व्यवसायी सघं, महिला समुह, फेवा विकाश वैँक लगायत वेनिका विभीन्न संघसस्थासँग आवद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

17264204_10155177907870984_5335987886436425697_nम्याग्दी जेसिसका शाखा अध्यक्ष नारायण कुमार वरालको अध्यक्षता ,नेपाल जेसिजका राष्टिय उपाध्यक्ष एवं प्रशिक्षक मन्जरी घिमीरेको प्रमुख आथित्यता, नेपाल जेसिजका पुर्व राष्टिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ तथा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठको विशिष्ट आथित्यता रहेको कार्यक्रममा सहभागीको तर्फदेखि आशा रोका र गिता वुढा मगरले वोल्नु भएको कार्यक्रमको संचालन म्याग्दी जेसिज २०१७ का तालिम संयोजक अर्जुन पौडेलले गर्नु भएको थियो ।