माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीका कमीटी गठन

  • ६ चैत्र २०७३, आईतवार
  • 1531 पटक पढिएको

म्याग्दी, ६ चैत । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाको सम्मेलन तथा भेला शनिबार भुरुङ तातोपानीको ठूलोबगरमा सम्पन्न भएको छ । सम्मेलनबाट कुलबीर राम्जालीको अध्यक्षतामा ३१ सदस्यीय माओवादी केन्द्रको गाउँपालीका कमिटि निर्वाचित भएको छ । कमिटिको उपाध्यक्षमा क्याप्टेन जसबहादुर तिलीजा, सचिवमा वुद्धी पुन, सहसचिवमा बिष्णुकुमारी परियार र कोषाध्यक्षमा पूर्णबहादुर पाईजा रहनुभएको छ । 17265259_1436982496341383_2770714139271054845_n
सदस्यहरुमा प्रदिप पुन, लालबहादुर भण्डारी, लोकबहादुर पुर्जा, शेरबहादुर गर्बुजा, यामकुमारी थजाली, घनबहादुर बरुवाल, कबिता गर्बुजा, थमबहादुर तिलीजा लगायत रहनुभएको छ । सोही अवसरमा ईन्द्र थापाको अध्यक्षतामा वाईसीएलको २९ सदस्यीय, रामबहादुर पौडेलको अध्यक्षतामा दलित मुक्ति मोर्चा र प्रदिप पुनको अध्यक्षतामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको गाउँपालीका कमिटी गठन भएको छ ।

ओमप्रसाद फगामीको अध्यक्षतामा २९ सदस्यीय २ नम्बर वडा कमिटी गठन भएको छ ।  कुलबिर राम्जालीको अध्यक्षता, माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको प्रमुख आतिथ्यता, वुद्धी पुनको सञ्चालन र ओमप्रसाद फगामीको स्वागतमा सम्पन्न कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश संयोजक सोमनाथ ढुङ्गाना, वाईसीएलका संयोजक कुमार किसान, माओवादी नेता चन्द्रबहादुर घिमीरे, सुवास बिक, शिक्षक संगठनका प्रदिप पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।