ताजा अपडेट

बिम गाउँमा विद्युतीकरण

म्याग्दी २८ भदौ । म्याग्दीको मालीका गाउँपालीका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो । परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुक्जाली (सुबिन)ले जानकारी... पुरा पढ्नुहोस

खानीगाउँका रिकेशको बिछोडमा परेकाको पिडा (भिडियो सहित)

म्याग्दी, २८ भदौ । म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । https://youtu.be/eveAxqVTQYI गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको... पुरा पढ्नुहोस

जनप्रतिनिधीकै नेतृत्वमा भएको काम बिवादीत

म्याग्दी २७ भदौ । म्याग्दीको धौलागिरी गाउँपालीका ४ मा पर्ने धौलागिरी चक्रिय पदमार्गको पूर्वाधार निर्माण सम्बन्धि योजनामा अनियमितता भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।बगरा गाउँका बासिन्दाले उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीको मिलेमतोमा पदमार्ग निर्माणका क्रममा ईस्टिमेट भन्दा कम परिणामको काम भएको र श्रमीकले ज्याला नपाएको गुनासो गरेका हुन्... पुरा पढ्नुहोस

कैलाश माविको जुरेसबाट राहत संकलन गरि तराईका बाढीपीडितलाई सहयोग

म्याग्दी, २७ भदौँ । कैलाश मावि दोबामा गठित जुनियर रेडक्रस सर्कलले तराईका बाढीपिडितलाई राहत संकलन गरेका छन। जिल्लाको अन्नपुर्ण गाउँपालिका २ दोबामा रहेको विद्यालयका जुरेसमा आवद्ध विद्याथीहरुले शिक्षक, विद्यार्थी र अभिभावकहरुबाट संकलन भएको ७ हजार ८२५ रुपैयाँ बाढीपीडितलाई सहयोग गरेको हुन । जुरेसबाट संकलित सो रकम तराईका बाढीपीडितहरुका लागि राहत... पुरा पढ्नुहोस

फुलवारीमा विद्यार्थी विच पढाई प्रतिस्पर्धा

म्याग्दी, २७ भदौ । पूस्तकालय कोठा, त्यसमा पनि खचाखच विद्यार्थीको विचमा पढाई प्रतिस्पर्धामा सहभागि विद्यार्थी । अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयमा स्थापित पुस्तकालयमा नयाँ र नौलो तरिकाले विद्यार्थीलाई पुस्तकालय प्रति आर्कषित बनाइएको छ ।मालिका गाउँपालिका–४ ओखरबोटको फुलबारीमा अवस्थित पुरुषोत्तम आधारभुत विद्यालयमा विद्यार्थी विच पठन प्रस्तिपर्धाको आयोजना गरिएको... पुरा पढ्नुहोस

प्रहरीको अभियानमा म्याग्देलीको सक्रियताबाट उत्साहित छुः एआइजी बम

म्याग्दी, २७ भदौँ । ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक(एआइजी) कमलसिंह बमले म्याग्दी जिल्लामा अपराधिक घटना न्यूनिकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । अपराधिक घटना न्यूनिकरण गर्न प्रहरीलाई समुदायबाट निरन्तर सहयोगको आवश्यकता रहेको बताए । सोमबार जिल्ला प्रहरी कार्यालयको निरिक्षणमा आएका एआइजी बमले बेनीबजारको सुरक्षाका लागि समुदायको... पुरा पढ्नुहोस

तिमिले जस्तो एउटा मुटु ः भिडियो बजारमा

म्याग्दी, २६ भदौँ । यूवा लेखक तथा साहित्यकार घायलश्रीको “तिमिले जस्तो एउटा मुटु” बोलको गजल गित सहित म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय म्यााग्दीको साहित्यमा क्रियाशिल घायलश्रीले लेखेको उक्त गित चर्चित गजल गायक राज सिग्देलले सङ्गित तथा आवाज दिएका छन् । उक्त गितको निर्देशन दिलिप रेग्मी गरेका छन्... पुरा पढ्नुहोस

कोरियाबाट करिब ६ लाख संकलित रकम दिवंगत शिवको परिवारलाई हस्तान्तरण

  म्याग्दी, २७ भदौ । संकलित रकम रोजगारको शिलशिलामा दक्षिण कोरियामै ज्यान गुमाएका रघुंगगा  गाउँपालिका २ राखु भगवतीका शिब कार्कीको परिवारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा रहेका म्याग्देलीबाट संकलन भएको ५ लाख ८५  हजार रुपैया रकम आईतबार परिवारलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । कोरियामा रहेका यू मल्लको... पुरा पढ्नुहोस

अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सम्पन्न ः माउण्ट प्रथम

म्याग्दी,२६ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भएको प्रतियोगितमा माउण्ट एभरेष्ट बोडिङका मिलन विश्वकर्मा प्रथम भएका छन । त्यस्तै दिप्तिय चिल्डेन लाईफ बोडिङ बागलुङका दिपेश थापा, तितृय डडुवाकी सङगिता किसान र सान्तवना विष्णु बुढाथोकी लमसुङ मावि... पुरा पढ्नुहोस

एनआरएन युकेको अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित

म्याग्दी, २५ भदौँ । गरै आवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा म्याग्दीका योगकुमार फगामी निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्दी कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै फगामी निर्वाचित भएका हुन् । फगामीले १ हजार २९८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत... पुरा पढ्नुहोस