ताजा अपडेट
मृगौला पिडितलाई मल्कबाङ्ग समाज युकेको आर्थिक सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- २६ मंसिर २०७४, मंगलवार
म्याग्दी, १८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका मृगौला पिडित लक्षिण भलन्जा छन्त्याल र धन बहादुर बुढाथोकी मगरलाई मल्कबाङ्ग समाज युकेले रु १,९०,००० /- (एक लाख नब्बे हजार) आर्थिक सहयोग गरेका छन् । पोखरा–१६ बस्दै आएका २१ बर्षका लक्षिण भलन्जा छन्त्याल र बुढाथोकीलाई उक्त रकम छन्त्याल संघ कास्कीका अध्यक्ष भक्त... पुरा पढ्नुहोस
१४५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
- 8 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र... पुरा पढ्नुहोस
समुदायकै प्रयासमा विकास : पर्यटकीय खयरलेकमा रु १ करोड बढी लगानीमा पूर्वाधार निर्माण (फोटो फिचर)
- 8 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
म्याग्दी, २५ मंसिर । अक्करे भिरमा ढुंगा चिनेर बनाईएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्नका लागि बनाईएका चौतारा ! यात्राको क्रममा हुने थकान जंगल र अग्ला डाँडाकाँडामा बनाईका लोभलाग्दो पदमार्ग र चौताराहरुले भुलाईदिन्छ । यो अनुभुती म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको शिरमा रहेको पर्यटकीय खोप्रा र खयरलेक जाँदा जो कोहीलाई हुने... पुरा पढ्नुहोस
बेनी बजार संरक्षण आयोजनाले तिब्रता पायो
- 8 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
म्याग्दी, २५ मंसिर । नदी कटानका हिसाबले नेपालका जोखिमयुक्त सदरमुकाम मध्यमा पर्ने म्याग्दीको बेनी बजार संरक्षण आयोजनाले तिब्रता पाएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी बजारलाई कटानबाट बचाउन तयार भएको गुरुयोजनाको लक्ष्य अनुसार तिब्र रुपमा काम अघि बढेको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले चालु आर्थिक... पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन–३ बाट भारी मतले बिजयी
- 8 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर, २५ चितवन । (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै प्रचण्ड भारी मत अन्तरले बिजयी भएका हुन् । दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए... पुरा पढ्नुहोस
बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा अहिलेसम्मकै ठुलो मानव सागर (भिडियो सहित)
- 8 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी र्याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी र्यालीम गरेका हुन् । विभिन्न गाउँ बाट आएका बाम गठबन्धनका कार्यकर्ता तथा मतदाताहरुले बेनी बजार ढाकीएको... पुरा पढ्नुहोस
धौलागिरिमा बाम गठबन्धनको ‘क्लिन स्विप’, प्रतिनिधि र प्रदेश सभाका १५ सिटमा काँग्रेस शुन्य !
- 8 बर्ष, 3 महिना अगाडि
- २४ मंसिर २०७४, आईतवार
धौलागिरि अञ्चलमा रहेका चार जिल्लामा बाम गठबन्धनले क्लिन स्विप गरेका छन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अनुसार, धौलागिरिको म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका ५ प्रतिनिधि र १० प्रदेश सभा सदस्यमा बाम गठबन्धन बिजयी भएका छन् । चार जिल्लामध्ये म्याग्दी, पर्वत र मुस्ताङका १÷१ र बागलुङका दुई प्रतिनिधि सभामा... पुरा पढ्नुहोस
चालकको इमानदारिता,भेटाएको सामान पर्यटकलाई फिर्ता
- 8 बर्ष, 3 महिना अगाडि
- २४ मंसिर २०७४, आईतवार
एक जीप चालकले सडकमा भेटाएको नगद र पाँच लाख रुपैयाँ मूल्य बराबरको सामान भेटाएर प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर इमानदारिताको नमुना प्रस्तुत गरेका छन् । बेनीबाट बागलुङ आउने क्रममा बेनपा–१, रत्नेचौर स्थित बाटोमा नगद र महत्वपूर्ण सामाग्री भएको झोला भेटाएका सवारी चालक रत्ने जिसीले रत्नेचौर प्रहरी पोष्टलाई दिएका थिए ।... पुरा पढ्नुहोस
वामगठबन्धन म्याग्दीले मतदातालाई दियो धन्यबाद
- 8 बर्ष, 3 महिना अगाडि
- २४ मंसिर २०७४, आईतवार
म्याग्दी,१५ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन म्याग्दीले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लामा प्रतिनिधि सभा र प्रदेश क्षेत्र नम्वर क र ख मा वामगठबन्धनका उम्मेद्वार विजयी भएपछि विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएको हुन् । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्मेदवार... पुरा पढ्नुहोस
म्याग्दी लभर्स युथ क्लवद्धारा दुर्गा बचाउ अभियानमा आर्थिक सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- २४ मंसिर २०७४, आईतवार
म्याग्दी, २४ मंसिर । म्याग्दी लर्भस युथ क्लवले मंगला गाउँपालिका १ कुहँु निवासी दुर्गाबहादुर लाम्गादको उपचारमा आथिक सहयोग गरेका छन् । नाकमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका लाम्गादलाई क्लवले ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हो । सो सहयोग कल्वका अध्यक्ष सुवर्ण खत्री सहितका सदस्यहरुले लाम्गादका आफन्त अमृत... पुरा पढ्नुहोस