जनभावना दुग्ध सहकारीको अध्यक्षमा बानियाँ चयन
- १६ पुष २०७४, आईतवार
- 1642 पटक पढिएको
म्याग्दी, १७ पुस । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा रहेको जनभावना दुग्ध सहकारी संस्थाको ८ औँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट देवेन्द्र बहादुर बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरीएको छ । सचिबमा तेजबहादुर बानियाँ, कोषाध्यक्षमा धनकुमारी पौडेल चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा लोकनाथ पाध्याय, चिन्तामणी सुवेदी, जुना खत्री, लक्ष्मी सुवेदी, सोविता बानियाँ कार्की र धनबहादुर गौचन रहनुृभएको छ ।
लेखनाथ पौडेलको संयोजकत्वमा लेखा समिति, बलबहादुर खड्को संयोजकतत्मा ऋण उपसमिति गठन गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कोपीलाल पौडेलको अध्यक्षता, शेयर सदस्य तेज बहादुर बानियाँको स्वागत, सचिब देवेन्द्र बहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष गोविन्द पौडेलले कृषकहरु संगठीत भएर सहकारी मार्फत आर्थिक समृद्धिमा लाग्नु सकरात्मक पक्ष रहेकोमा जोड दिनुभयो । कार्यक्रममा शुभकामना कृषि सहकारीका अध्यक्ष केदारनाथ पौडेल, तातोपानी कृषि सहकारीका अध्यक्ष तुलप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।