क्षत्री समाज म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा चयन
- १६ पुष २०७४, आईतवार
- 2427 पटक पढिएको
म्याग्दी, १६ पुस । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा क्षत्री चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न समाजको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।
अधिबेशनबाट प्रथम उपाध्यक्षमा अमृता भण्डारी, उपाध्यक्षमा कृष्ण बानियाँ, लक्ष्मी केसी, सचिबमा देवेन्द्रबहादुर घिमिरे, सहसचिबमा हिमबहादुर भण्डारी, कोषाध्यक्षमा बल बहादुर महत, सदस्यहरुमा धनदेवी भण्डारी, लक्ष्मी भण्डारी कार्की, थुमा खड्का, भावना पौडेल, शर्मिला थापा, पवित्रा केसी, मिमकुमारी भण्डारी, सावित्री बानियाँ, हरेकृष्ण केसी, रामबहादुर खत्री क्षत्री, हिरा बहादुर कटुवाल, क्षेत्री, यामबहादुर कार्की, देउकुमारी बानियाँ, मना भण्डारी बानियाँ, मानबहादुर खत्री, गोपाल कार्की, चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चन्द्रबहादुर थापाले मुलुकमा सबै जातजातीलाई राज्यले समान अवसर सृजना गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले जातीय रुपमा आरक्षण दिएर क्षत्रीहरुलाई अपमान गरेको भन्दै बर्गीय रुपमा आरक्षण दिने व्यवस्था गर्न माग गर्नुभयो ।
कार्यक्रममा समाजका संरक्षक एवं निवर्तमान अध्यक्ष प्राध्यापक डा. दिलबहादुर क्षत्री, सल्लाहकार समुन्द्र गोदार क्षत्री, म्याग्दीका निवर्तमान अध्यक्ष क्या. मिनबहादुर कार्की र प्रदेशसभाका सांसद विनोद केसीले देश निर्माणमा क्षत्री समुदायको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै राज्यले सबैलाई समान अधिकार दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्षत्री समाज म्याग्दीका सल्लाहकार रुद्रबहादुर केसी, पर्वतका अध्यक्ष नरबहादुर कार्की, तनहुँका अध्यक्ष भरतबहादुर अधिकारी, कास्की उपाध्यक्ष दिलबहादुर अधिकारी, महिला समाज तनहुँका अध्यक्ष शारदा अधिकारी र म्याग्दीका अध्यक्ष भावना पौडेल क्षत्रीले मन्तव्य राखेका थिए । कार्यक्रममा क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँले संस्थागत, सचिव कृष्णबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष लक्ष्मी केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष बानियाँको अध्यक्षता र सचिव कृष्ण बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । तस्बिर: प्रताब बानियाँ, सुमन बानियाँ