ताजा अपडेट

म्याग्दी ट्याक्सी ब्यवसायी समितिबाट नवनिर्वाचित सांसद केसीलाई सम्मान

म्याग्दी, १० पुस । म्याग्दी क्षेत्र नम्बर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद विनोद केसीलाई म्याग्दी ट्याक्सी ब्यवसायी समितिले सोमबार सम्मान गरेको छ । म्याग्दी ट्याक्सी ब्यवसायि समितिका सस्थापक अध्यक्ष एवम् संस्थाका संरक्षक रहेका केसी प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि समितिले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि फूलमालाले सम्मान गरेका... पुरा पढ्नुहोस

मुस्ताङः चिसो महिनामा दाउराको जोहो !

हिउँद यामको चिसो छिचोल्दै मुस्ताङका किसान दाउराको जोहो गर्नपट्टी लागेका छन् ।वर्षभरी चाहिने दाउरा संङ्कलनका लागि गाउँलेलाई निश्चित समय अवधि तोकेर स्थानीय गाउँसमाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौ देखिको चलनचल्ती मानिन्छ । गाउँ÷गाउँका मुखिया टोली र बनउपभोक्ता समितिको समन्वय मार्फत स्थानीयवासीलाई जंगलका दाउरा फुकुवा गरिन्छ । मुस्ताङको ३ स्थानीयतहमा स्थानीय... पुरा पढ्नुहोस

ख्रीष्टमस डे बेनिमा धुमधामसँग मनाइयो

रन्जना श्रेष्ठ म्याग्दी, १० पुस । ईसाइ धमालम्बीहरुको महान चाड ख्रिष्टमस डे को अवसरमा बेनिमा विविध कार्यक्रम गरि मनाइएको छ। ख्रिष्टमस डेको अवसरमा ईसाइ धर्मालम्बीहरुले ७० बर्ष पुगेका वृद्धावृद्धलाई कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सदस्य नरदेवि पुनबाट सम्मान तथा उपहार हस्तान्तरण गरिएको थियो। बालबालिको शिक्षामा प्रोत्साहन मिलोस् भन्नकोलागि उनिहरुलाई विशिष्ट... पुरा पढ्नुहोस

नेपालकै लामो बेग–बाँदुक झोलुङ्गे पुल !

  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुल । निकट भविश्यमा निर्माण सम्पन्न हुन लागेको यस पुल ३ सय ६५ दशमल ८० मिटर लामो छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि... पुरा पढ्नुहोस

चन्दादातालाई सम्मान :

बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी, हाल न्युजिल्याण्डमा रहनुभएका लाल बहादुर केसीको हजुरआमा गौमती केसीलाई विद्यालयमा भव्य सम्मान गरिँदै । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

पुस्तक विमोचन :

बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती समारोहमा विद्यालयको ईतिहाँस, वर्तमान अवस्था र गतिबिधिहरु समेटिएको नवप्रकाशको बिमोचन गर्दै प्रतिनिधि सभाका साँसद भुपेन्द्र थापा लगायत । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

आज ख्रीष्टमस दिवस, नेपालमा १२ हजारभन्दा बढी चर्च

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।... पुरा पढ्नुहोस

मृगौला पिडित धन बहादुरलाई गाउँलेको मायाँ,२२ हजार ३ सय २० सहयोग

म्याग्दी, ०९ पुस । दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपणको दिन कुर्दै र सहयोगको याचना गर्दै अस्पतालको शैयामा रहेका म्याग्दी धवलागिरी गाउपालिका -५ भेडिखल्टाका ३१ वर्षीय धन बहादुर बुढाथोकी मगर लाइ गाउले द्वारा संकलन गरिएको २२ हजार ३ सय २० रुपैया हस्तान्तरण भएको छ। स्थानिय महिला जन प्रतिनिधि पार्वती पुर्जा... पुरा पढ्नुहोस

प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती मनाईयो (भिडियो सहित)

म्याग्दी, ९ पुष । बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर विद्यालय स्थापनाको ६५ औँ बर्षको अबसरमा निलमणि जयन्ती मनाइएको हो । https://youtu.be/bllS0qKQ88g सो कार्यक्रमको... पुरा पढ्नुहोस

प्रकोप व्यवस्थापन तालीम सम्पन्न

म्याग्दी, ९ पुस । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण... पुरा पढ्नुहोस