एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, चार बजे सपथ

  • ३ फाल्गुन २०७४, बिहीबार
  • 2317 पटक पढिएको

काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

फाइल तस्बिर

ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

ओली यसअघि २०७२ सालमा पनि प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री अाेलीले अाजै अपराह्न चार बजे पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ।

To Top