प्रधानमन्त्री देउवाद्वारा राजीनामा
- ३ फाल्गुन २०७४, बिहीबार
- 1831 पटक पढिएको
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुरले राजीनमा दिएका छन् । विहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए।
उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए। उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्टंरिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे।
सम्बोधन अगाडि उनले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सम्बोधन पश्चात उनी राजीनामा पत्रसहित शितलनिवास महाराजगञ्ज तर्फ प्रस्थान गरेका छन्।
