ताजा अपडेट
छानो उडाएपछि पठनपाठनमा समस्या
- 8 बर्ष, 7 दिन अगाडि
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी २३ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा रहेको धौलागिरी आधारभुत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।शनिबार राती बेजोडका साथ चलेको हावाहुरीले २ कोठे कक्षा कोठा भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको... पुरा पढ्नुहोस
म्याग्दीमा सरकारी कारोबारको विद्युतीय भुक्तानी सुरु ( भिडियो सहित)
- 8 बर्ष, 7 दिन अगाडि
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी २२ फागुन । म्याग्दीमा सरकारी कार्यालय मार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । जिल्लामा अबदेखि उक्त प्रणाली मार्फत सरकारी कार्यालयबाट व्यक्ति, फर्म वा संस्थाले पाउने भुक्तानी रकम... पुरा पढ्नुहोस
दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण
- 8 बर्ष, 8 दिन अगाडि
- २२ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २२ फागुन । जिल्लाको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको छ । वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ... पुरा पढ्नुहोस
हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटक
- 8 बर्ष, 8 दिन अगाडि
- २२ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिकाको २ हजार ५ सय ५० मिटर उचाईमा रहेको प्रमृुख पर्यटकियस्थल रईसे भेडिओडारबाट मनोरम हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । पर्यटकिय सम्भावनायुक्त यस क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण बन्न सकेको छैन् । यो क्षेत्रबाट धौलागिरि, निलगिरि, गुर्जा हिमाल, चुरेन लगायतका दर्जनौ हिमालहरु देख्न सकिन्छ । पुरा पढ्नुहोस
मोना कतारको साँगेतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकार कतार उत्रदै
- 8 बर्ष, 8 दिन अगाडि
- २२ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २२ फागुन । म्याग्देली कलाकारहरु साँगेतिक कार्यक्रममा सहभागी हुन कतार उत्रने भएका छन् । मोना कतारले आयोजना गरेको संस्थाको १५ औ बार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकारहरु कतार जान लागेका हुन् । मार्च ९ (फागुन २५ गते) आगामी शुक्रवार दोहा स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टमा... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामीको घुईचो
- 8 बर्ष, 9 दिन अगाडि
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा सोमबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामी घुईचो लागेको छ । भौगोलिक रुपमा विकट, यातायात र आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका बिरामीको लक्षित गरी सञ्चालन गरिएको एकदिने शिविरमा एक हजार बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् । मंगला गाउँपालिकाको आयोजना,... पुरा पढ्नुहोस
लगातार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि वेष्ट पोईन्टको खुशियाली
- 8 बर्ष, 9 दिन अगाडि
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि सदरमुकाम बेनीमा बजार ¥याली गर्दै खुशियाली मनाएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो... पुरा पढ्नुहोस
गलेश्वरमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
- 8 बर्ष, 9 दिन अगाडि
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आज भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो । दिउँसो करिब साढे ३ बजे भएको उक्त दुर्घटनामा परि शक्त घाईते भएका चालक... पुरा पढ्नुहोस
बेशीका लालिगुराँस (फोटो कथा)
- 8 बर्ष, 9 दिन अगाडि
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ । त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीबाट रु १२ लाख सहयोग संकलन
- 8 बर्ष, 10 दिन अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, २० फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीहरुले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका विरामी व्यक्तिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको रु १ करोड ५० लाख रकमको अक्षयकोषको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा सो रकम... पुरा पढ्नुहोस