ताजा अपडेट
ढिलासुस्तीले थलिए विकास आयोजनाहरु
- 7 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी,२५ पुष । चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०६६ देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको राहुघाट जलविद्युत् आयोजना भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलले अधकल्चो बनाएर छोडेपछि अझै अघि बढ्न सकेको छैन । आइभिआरसिएलसँगको ठेक्का तोडेको दुई वर्षपछि २०७४ मंसिर ८ गते प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि भारतकै अर्को... पुरा पढ्नुहोस
अस्पतालबाट पक्राउ परेका डा. गोविन्द केसीलाई सिंहदरबार हिरासतमा राखियो
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
काठमाडौं – सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रमख रवीन्द्र धानुकले उनलाई सिंहदरबार हिरासतमा राखिने जानकारी दिए । केसीलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको... पुरा पढ्नुहोस
बेनी बजारबाट बरामद भएको लागू औषध नष्ट
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुस । जिल्ला प्रहरी कार्यालयले हालै बेनी बजारबाट बरामद भएको लागू औषध सोमबार नष्ट गरेको छ । बेनी नगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको रोहबरमा पुष १४ गते बेनीको संगमचोकबाट बरामद भएको १३५ थान डाईजावाम, एनारगन र बुफ्रिनेफिन नामको लागु औषध नष्ट गरेको हो । लागु औषध सहित पक्राउ परेका... पुरा पढ्नुहोस
बेग –बाँदुक जोड्ने निर्माणधिन पुलबाट खसेर दुई जना मजदुरको मृत्यु
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । आज साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको... पुरा पढ्नुहोस
त्रिसट्ठी हजार पर्यटकले घान्द्रुक-घोडेपानीको भ्रमण गरे
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पौष । सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन् २०१७ मा बिरेठाटी हँुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन् २०१७... पुरा पढ्नुहोस
डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चद्धारा पक्राउ पूर्जी जारी
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ । डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था,... पुरा पढ्नुहोस
धौलागिरि गाउँपालीकामा लेखापाल नहुँदा भुत्तानी रोकीयो
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरी गाउँपालीकाको कार्यालय करिब दुई महिनादेखि लेखापाल बिहीन भएको छ । लेखापाल नहुँदा गाउँपालीकाद्धारा सञ्चालीत विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकीएको छ । कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरी... पुरा पढ्नुहोस
काठैकाठको घर
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
अन्नपुर्ण– धौलागिरि सामुदायिक पदमार्ग अन्तर्गत म्याग्दीको पर्यटकिय स्थल महरेडाँडा नजिकै फुलबारीमा काठैकाठले बनाईएको घर । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनीक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको... पुरा पढ्नुहोस
मनाङमा अधिक चिसोले खोला र झरना नै जमे !
- 7 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
लमजुङ — हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोका कारण ठाडो खोलाका पानी जम्न थालेको छ । बगेको पानी चट्टान जस्तै साह्रो बनेको छ । मनाङको चामेमाथिका ठाडोखालामा बग्दै गरेको पानी जमेको स्थानीयले बताए । मर्स्याङ्दी नदीको छेउछाउ पनि जमेको स्थानीयले बताएका छन् । चामेकी खरिमाया गुरुङका अनुसार पिउनको लागि हिउँ पगाल्नु परेको छ। पाइपभित्र पानी... पुरा पढ्नुहोस