कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरण गर्न छनौट समिति गठन
- ११ चैत्र २०७४, आईतवार
- 2051 पटक पढिएको
बेनी ११ चैत । प्रेस सेन्टर नेपाल म्याग्दीले स्थापना गरेको कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरणका लागि आईतबार छनौट समिति गठन गरेको छ । सेन्टरका प्रदेश ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तिन सदस्यीय छनौट समिति गठन गरेको हो । सेन्टरले वि.स २०७२ मा भिमदत्त चलचित्रको बिशेष प्रर्दशनी गरेर सहिद पत्रकार कृष्णसेन ईच्छुकको स्मृतीमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।
उक्त कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले आफ्ना दाजु मदन केसीको स्मृतीमा थप २५ हजार रुपैया उपलब्ध गराउनुभएको छ । सोही कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा जिल्लामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने ब्यवस्था मिलाइएको छ । पुरस्कारको राशी पाँच हजार रुपैया रहेको छ । यस पुरस्कारबाट दुई बर्ष अगाडी क्रियाशिल पत्रकार कमल खत्री पुरस्कृत भैसक्नुभएको छ ।
अध्यक्ष खत्रीको अध्यक्षता र सचिव सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले संघियता, समावेशी ब्यवस्थाको कार्यान्वयन र बाम एकतालाई बलियो बनाउन रचनात्मक भुमिका खेल्न आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य बिनोद केसीले संघीयताको पूर्ण कार्यान्वयनका लागि पत्रकारीता क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले विकास र सम्बृद्धीको अभियानलाई सफल बनाउन पारदर्शीता र शुषासनलाई सहयोग पुग्ने समाचार सम्प्रेषणमा जोड दिन आग्रह गर्नुभयो । प्रदेश सहसचिव गौतमले प्रदेश ४ को शुक्रबार गोरखाको पिपलथोकमा भएको बैठकको निर्णयको बारेमा जानकारी गराउँदै नयाँ व्यवस्था अनुसार ग्रामिण, जनपक्षिय पत्रकारीतामा जोड दिनुपर्ने बताउनुभयो ।