विशेष

कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोपले जगायो उत्साह (भिडियो सहित)

म्याग्दी १४ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अभियानले उत्साह बढाएको छ । नेपाल सरकारले भारतबाट ल्याएको उक्त खोपको जिल्ला स्तरमा समेत उपलब्ध हुन सुरु भएसंगै कोरोना महामारीबाट जनजिवनलाई सामान्य बनाउनतर्फ आम नागरिकमा आसा र उत्साह बढाएको हो । https://www.youtube.com/watch?v=djWWnm_hDmo&t=24s म्याग्दीमा बुधवारदेखि पहिलो चरणमा... पुरा पढ्नुहोस

रघुगंगाको कोरोना अस्पतालमा पहिलो पटक डाक्टर पुगे

बेनी, १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । पिप्लेमा स्थापना गरिएको कोरोना अस्पतालमा गाउँपालिकामै पहिलो पटक डाक्टर पुगेका हुन् । डाक्टर सन्तोषकुमार बोहोरालाई गाउँपालिकाले हालै कोरोना अस्पतालको चिकित्सकको रुपमा नियुक्त गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले... पुरा पढ्नुहोस

म्याग्दी उबासंघको धवलागिरी इकाईको अध्यक्षमा थापा चयन

ताकम, १३ माघ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाइको सदस्यहरुमा होमबहादुर थापा, बुद्धीबहादुर... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले–भगवती सडक : निर्माण कार्यमा गुणस्तर कायम र जनशक्ति थप गर्न निर्देशन (भिडियो)

म्याग्दी, ११ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे योजनामा लापरबाही भएको भेटिएको छ । सडक कालोपत्रेका लागि स्तरोन्नती भैरहेको यस सडकखण्डको पिप्ले क्षेत्रमा नाली निर्माणको कार्यमा गुणस्तरहिन काम भएको हो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन... पुरा पढ्नुहोस

‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

माघा ११ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरुको फेसवुक समूह ‘चिमखोले फेसबुक समूह’ले आधारभुत तहका बालबालिकाहरुलाई सहभागी गराएर १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा आयोजित प्रतियोगितामा विभिन्न ९ विद्यालयले सहभागिता जनाएका... पुरा पढ्नुहोस

कपडा तथा फेन्सी व्यवसायी समितिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई पोशाक वितरण

म्याग्दी ४ माघ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । स्रोत कक्षामा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई स्विटर, टोपी र जुता वितरण गरिएको हो । सो अवसरमा विद्यालयमा अध्ययनरत साधारणतर्फका १० जना विपन्न... पुरा पढ्नुहोस

घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन

म्याग्दी ४ माघ । नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको १९ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की,... पुरा पढ्नुहोस

हिमाल आरोहणमा म्याग्दीका पुर्जा सहितको नेपाली टोलीले रच्यो नयाँ इतिहास

म्याग्दी ४ माघ । हिमाल आरोहणमा म्याग्दीका निर्मल पुर्जा सहितको १० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् । कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन्... पुरा पढ्नुहोस

बेनी सिटीद्घारा बालगृहमा सहयोग रकम हस्तान्तरण

म्याग्दी ३ माघ । विभिन्न सामाजिक कार्यहरुमा क्रियालिश लायन्स क्लब अफ बेनी सिटीले तृप्ती फाउन्डेसनका संस्थापक हरि राम्जाली ज्यूको सहयोगमा नेपाल बाल संगठन म्याग्दी अन्तर्गत रहेको म्याग्दी बालगृहमा आर्थिक सहयोग गरेको छ । बालगृहमा रहेका बाल बालिकाहरुको पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले नगद रु ३० हजार नगद सहयोग हस्तान्तरण गरिएको... पुरा पढ्नुहोस

फेन्सी ब्यवसायी शर्माद्धारा आवासीय बिद्यालयका बिपन्न बालबालिकालाई सहयोग

बेनी, २ माघ । बेनीका कपडा तथा फेन्सी ब्यवसायी दामोदर शर्माले धवलागिरी गाउँपालिका–७ शिवाङमा सञ्चालित हेम आवासीय माविका बिपन्न बिद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुभएको छ ।  डि.एण्ड जी फेन्सीका सञ्चालक शर्मा र उहाँकी श्रीमति गिता रिजालले धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई शुक्रबार छ जना बालबालिकाहरुका लागि एक/एक सेट पोशाक उपलब्ध गराउनुभयो... पुरा पढ्नुहोस