जनगणनाका लागि सुपरिवेक्षकहरु घर-घरमा
- ३० भाद्र २०७८, बुधबार
- धिरन खत्री
- 1092 पटक पढिएको
म्याग्दी, ३० भदौ । राष्ट्रिय जनगणना-२०७८ अनुसार म्याग्दीमा जनगणनाका लागि घर र घरपरिवारको सुचिकरण संकलन सुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले सुपरिबेक्षकहरुलाई तालिम दिएर भदौ ३० बुधबारदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवारको सूचिकरण गर्न स्ुपरिवेक्षकहरु घरदैलोमा पुग्न सुरु गरेका छन् ।
जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ ३० गतेदेखि १८ गतेसम्म सुपरिभाईजरहरु घर तथा परिवारको विवरण संकलनका लागि घरदैलोमा पुग्ने काम सुरु भएको बताए । सापकोटाले घरपरिवारको सुचिकरण गर्न आउने सुपरिबेक्षकहरुलाई सोधिएको प्रश्नको सही तथ्याङ्क र सूचना उपलब्ध गराउन आग्रह गरेका छन्
परिचालित सुपरिवेक्षकले घर, घरपरिवार, घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरक्रम र परिवारको संख्या, कृषि विवरण लगायतको विवरण सुपरिबेक्षकहरुले संकलन गर्ने सापकोटाले बताए । सुपरिवेक्षकहरु लिएको विवरण अनुसार कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनाका लागि गणकहरु घरदैलोम पुग्ने छन् ।
कोरोना महामारी फैलिएपछि २०७८ जेठ २६ गते देखि असार ८ गतेसम्मको जनगणनाको कार्यक्रम स्थगित भएको थियो । भदौ २१ गतेको मन्त्री परिषदको बैठकले २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२ औँ जनगणना गर्ने निणर्यअनुसार जिल्लामा तयारी सुरु गरिएको कार्यालयले जनाएको छ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l