विशेष

नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने

बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि... पुरा पढ्नुहोस

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी तीव्र (भिडियाे सहित)

म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गरिएको छ । https://www.youtube.com/watch?v=p4521lEEEGE&t=12s   लक्ष्मीहरि... पुरा पढ्नुहोस

घुम्टेको काख मल्ममा परम्परागत होली मेला हुँदै 

बागलुङ फागुन २० । खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३... पुरा पढ्नुहोस

कालीपुलमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

म्याग्दी, २० फागुन । बेनी नगरपालिका– ८ स्थित पुरानो कालीपुल बजारमा ब्यक्तिले अतिक्रमित गरेको सार्वजनिक जग्गा छोड्न ताकेता गरिएको छ । कालीपुलमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडानम्वर ८ का जनप्रतिनिधि र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न धरधनीलाई ताकेता गरिएको हो । कालीपुलस्थित पुरानो पुल नजिकमा... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरु सक्रिय

कमल खत्री बेनी, २० फागुन । आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन म्याग्दीका राजनीतिक दलहरु सक्रिय भएका छन् । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तह निर्वाचनले राजनीतिक दलका नेता तथा... पुरा पढ्नुहोस

घरापमा रहेको सबस्टेशन बन्द

म्याग्दी २० फागुन । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतमा काम गर्ने मजदुरबाट गाउँमा पुग्यो नक्कली नोट

म्याग्दी १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको छ । करिब दुई साता अघि जलविद्युत आयोजनाको पिप्ले स्थित अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्न लगेका दुई वटा नेपाली एक... पुरा पढ्नुहोस

मालढुङ्गा – बेनी सडकको निर्माण कार्य धमाधम

म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङसंगै चिनको कोरला नाकासंग जोडिने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गत चैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता... पुरा पढ्नुहोस

बेनीको एकतर्फी यातायातलाई बजारको सबै क्षेत्रमा लागु गर्न म्याग्दी चेम्बर अफ कमर्शको माग

म्याग्दी १८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा लागू गरिएको एकतर्फी यातायातको बिषयमा विभिन्न टिकाटिप्पणी र पक्ष विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा म्याग्दी चेम्बर अफ कमर्श भने एकतर्फी यातायातकोपक्षमा उभिएको छ । निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले बुधवार विज्ञाप्ती मार्फत एकतर्फी यातायातले दुर्घटना न्यूनिकरण र पैदलयात्रुलाई... पुरा पढ्नुहोस

एमसीसीले स्वीकार्‍यो संसद्‌बाट भएको व्याख्यात्मक अनुमोदन

गएराति अमेरिकाको वाशिङ्टनस्थित एमसीसी मुख्यालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको संसद्‌ले गरेको अनुमोदनलाई स्वीकारे गरेको जनाएको छ। प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेको थियो। नेपाल गरेको व्याख्यात्मक घोषणा सहितको अनुमोदनलाई अमेरिकाले मान्छ कि मान्दैन भनेर चर्चा चलिरहेको छ। एमसीसीको विरोध गर्दै आएका राजनीतिक दलका नेताहरूले व्याख्यात्मक... पुरा पढ्नुहोस