म्याग्दीकी लिया पुन मिस एसइई प्रतियोगितामा बिजेता ( तस्विर)

  • २६ असार २०७९, आईतवार
  • 927 पटक पढिएको

म्याग्दी २६ असार । म्याग्दीकी कृष्टिना पुन (लिया ) मिस एसइई प्रतियोगिताको बिजेता बनेकी छिन् । पोखरामा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई पछि पार्दै पुनले मिस एसइईको उपाधी हात पारेकी हुन् । मिस ट्यालेन्ट र मिस फोटोजेनिकको उपाधी संगै स्कुटर र नगद सहित पुनलाई मिस एसइई २०२२ को ताज पहिराएर उपाधी प्रदान गरिएको छ ।


इभेन्ट्स फर यु संस्थाले आयोजना गरेको प्रतियोगितामा सहभागी रघुगंगा गाउँपालिका ६ कोटगाउँ निवासी पुनले बेनीको वेष्ट प्वाइन्ट आवासीय माविबाट एसइई परिक्षा दिएकी थिइन् । नेपाल डिस्ट्रीक गट ट्यालेन्ट २०२१ को बिजेता समेत रहेकी कलाकार पुनले नृत्य प्रतियोगिताहरुमा भाग लिँदै आएकी छन भने म्युजिक भिडियोहरुमा समेत अभिनय गर्न थालिसकेकी छन् । दुर्गम गाउँ बस्तीमा जन्मिएर पनि कलाकारिता मार्फत आफ्नो क्षमता प्रदर्शन गरेर सानै उमेरमा आफ्नो प्रतिष्ठा र गाउँको नाम चिनाउन सफल भएको भन्दै रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले कलाकार पुनको थप सफलताको कामना गर्नुभएको छ ।