गण्डकीका मुख्यमन्त्रीलाई अनेरास्ववीयू म्याग्दीको १ रुपैयाँ संकलन अभियान

  • २७ असार २०७९, सोमबार
  • 633 पटक पढिएको

 

बेनी, २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयू म्याग्दीले बेनीमा रु १ दान अभियान संचालन गरेका छन् । अनेरास्ववियू म्याग्दीले कार्यकर्ताले परिवारका सदस्यलाई छुट्याउनेमा जोडिएका मुख्यमन्त्री सहित मन्त्री, नेताहरुको तस्वीर आफ्नो अनुहारमा टाँसेर बेनीको बिरेन्द्र चोकमा दान मागेका थिए ।

प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी ढुकुटीमा बढाएको लुटतन्त्र विरुद्ध सोमबारदेखि अनेरास्ववियूले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई रु १ दान अभियान संचालन गरेका थियो ।

अनेरास्ववियू म्याग्दीका जिल्ला इन्चार्ज सुवास विश्वकर्माले नेताको परिवारको नाममा ट्रस्ट चलाउन सरकारले होईन जनताले नै दान दिन तयार छन् भनेर विरोध गरेको बताउनुभयो ।

गण्डकीमा आफन्ताको नाममा स्थापित कोष तथा प्रतिष्ठानमा राज्यकोषबाट बजेट विनियोजन भएको खुलेपछि जनस्तरबाट चर्को विरोध भएको थियो ।

जनस्तरबाट चर्को विरोधपछि नेताका आफन्तको नाममा राज्यकोषबाट विनियोजन बजेट मुख्यमन्त्री पोखरेल र सामाजिक विकास मन्त्री श्रेष्ठले फिर्ता गर्ने घोषणा गर्नुभएको छ।