रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  • २७ असार २०७९, सोमबार
  • 577 पटक पढिएको

 

म्याग्दी, २७ असार । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतृदेखि गाउँपालिकाको भुक्तानी कारोबार बन्द भएलगत्तै आर्थिक बर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार कुल बजेट ४८ करोड ९४ लाख ५७ हजार २०५ रुपैयाँ बजेट मध्य ३९ करोड ४७ लाख ६० हजार ८८ रुपैयाँ बजेट खर्च भएको हो । विभिन्न शिर्षकमा ४८ करोड ९४ लाख ५७ हजार २०५ आम्दानी हुने प्रस्ताव बजेटमा ४५ करोड ३१ लख ७२ हजार ९६४ रुपैया आम्दानी भएको लेखा अधिकृत खगराज सुवेदीले बताए ।

पुँजीगत शिर्षकमा १७ करोड २७ लाख ७५ हजार ७०० रुपैया बजेटमध्ये ११ करोड ६१ लख २३ हजार ९४९ रुपैया ( ६७.२ प्रतिशत ) खर्च भएको छ । पुँजीगत तर्फ ५ करोड ६६ लाख ५१ हजार ५७० रुपैया खर्च हुन सकेन् । सो बजेट राज्यकोषमा फिर्ता हुने छ ।

पुँजीगत तर्फ गैरआवासीय भवन निर्माण तथा खरिद शिर्षकमा ४ करोड ९६ लाख ३५ हजार बिनियोजन भएकोमा २ करोड ७० लाख १३ हजार ३०३ रुपैयाँ खर्च भएको छ । सडक तथा पुल निर्माण शिर्षकमा ३ करोड ५४ लाख ३५ हजार बिनियोजन भएकोमा २ करोड ९६ लाख ७३ हजार २७४ रुपैयाँ खर्च भएको छ । अन्य सार्वजनिक निर्माण शिर्षकमा ३ करोड ८५ लाख ४६ हजार बिनियोजन भएकोमा २ करोड २३ लाख ९३ हजार ५८० रुपैयाँ खर्च भएको छ ।

गाउँपालिकाले १६५ वटा योजना तथा कार्यक्रममध्ये एक वटा योजनाबाहेक अन्य योजनाको बजेट कार्यान्वयन भएको छ । योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, प्राविधिक, उपभोक्ता समितिका पदाधिकारी, निर्माण ब्यवसायी सबैलाई अध्यक्ष भवबहादुर भण्डारीले धन्यवाद दिएका छन् ।

यस बर्ष वडानम्वर ८ को कुईनेमा सडक, गाउँपालिकाको सभाहल सहितको आफ्नै प्रशासकिय अभवन निर्माण, वडानम्वर २ कोल्ड स्टोरको भवन निर्माण सुरु, चिमखोलामा स्वास्थ्य चौकी, झिँ– टोड्के पैदलमार्ग निर्माण लगायतका उपलब्ध हाँसिल भएको जानकारी दिए ।