माओवादीको पोलिटब्युरोमा गण्डकीका २१ जना

  • २५ असार २०७९, शनिबार
  • 723 पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशीला सिंखडा, बलावती शर्मा, चूडामणि खड्का, किसान शर्मा र कपिल लामा पोलिटब्युरो बनेका हुन् । तीमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् ।

गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो । गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।