आधुनिकता, अधिकार र नारी साैन्दर्य

  • २६ असार २०७९, आईतवार
  • 459 पटक पढिएको

प्रकाश अधिकारी ।

प्रकाश अधिकारी

म्याग्दी २६ असार ।  हामी सवै आधुनिक समाजको कल्पना गरिरहेका छौँ । मैले भनिरहनु पर्दैन । आधुनिक समाजमा हरेक बस्तुको विज्ञापनको आधारमा मोलमोलाई हुन्छ ! किनबेच हुन्छ । र व्यापार अपार हुन्छ । सबैलाई थाहा नभएको कुरा पनि होइन् । विज्ञापन विनामा यो समाजमा कुनैपनि वस्तुको विक्री वितरण हुनै सक्दैन् । नारीवादी बनेर । एकाध हाइप्रोफाइल पुरुषसंग हिमचिम जोडिए पछि स्वतन्त्रताको ढ्वाङ्ग फुकेर । हामी पुर्ण स्वतन्त्रता भयौँ भनेर उद्घोष् गर्नेहरुले झन् नवुझ्ने कुरै भएन् ।

समाजले महिलालाई गमलाको सुन्दर फूल बनाएको छ । यो सहि होइन् । तिम्रो पक्षमा छैन् । तोड्नु छ । यस्ता हजारौ पर्खालहरु तिमीले । म पनि यही कुहिएको समाजको मतियार पुरुष । मैले यसो भनिरहँदा म महाअराजक पनि हुन्छु । मलाई थाहा छ । तिनिहरुको नजरमा । जो विश्व विद्यालयको डबल डिग्री हाँसिल छन् । शिक्षित छन् । नारी शिक्षित हुन जरुरी छ । मलाई लाग्छ शिक्षित हुनुको अर्थ कुनै इतिहास, भुगोल, विज्ञान या यस्तै यस्तै पढेर डिग्री प्राप्त गर्नु होइ्न । शिक्षित हुनुको अर्थ हो आफ्नो अधिकारको बोध हुनु । महिला कसैको खेलौना होइन, पुतली होइनन् , जसलाई जतिबेला मन लाग्यो , जसरी खेलाउन मन लाग्यो उसरी खेलाउन सकोस् । बस्तु पनि होइनन् । थोक वस्तु जस्तै मोलमोलाई गर्न सकियोस् । महिला मेसीन पनि होइनन् । वच्चा जन्माउने । शिक्षित हुनुको अर्थ हो महिला पनि मानब हुन भन्ने बारेमा सचेत हुनु ।

केही महिलाबादीहरु भन्छन्ः महिला स्वतन्त्रता छन् । चाहान्छन् । यो निकै राम्रो कुरा हो । तर आधुकिनताको नाममा शोषण भएको छ कि छैन ? सौन्दर्य चिन्तक आहुतिको प्रश्न छ कामुक शैलीमा नाङ्गिन सिकाएर कसैको सकरात्मक व्यक्तित्व बन्न सक्छ ? एकाध प्रश्नहरुको हाजिर जवाफ खेलबाट बौद्धिक विकास हुन्छ भनी कुन ज्ञानशास्त्रले भन्छ ? यो कुरा उनीहरुले अनुमान पनि लगाउन सकेका छैनन् । विभिन्न व्यूटी प्याजेन्टका नाममा नारीको वौद्धिकता,प्रतिभाको सम्मान भन्दा,भर्जिन जवानीसंग खेल्न आतुर छन् यौन पिपासुहरु । उनीहरुसंगै नारीहरु हातेमालो गरीरहेका छन् । महिलाहरुनै महिलाको विपक्षमा छन् । स्वयंम चुपचाप छन् । तिनीहरुलाई के राम्रो या नराम्रो भन्ने नै पत्तो छैन् । शिक्षित भएर अशिक्षित । ति बैद्धिक त हुदै होइनन् । मात्रै बैद्धिक अपाँग हुन् । तिनीहरु नारीबादी त यसै होइनन् । नारी भएर पुरुषतन्त्रका मतियार हुन् । महिला विरोधी हुन् । अपबाद बाहेक । अपवाद उदाहरण बन्दैन । तर जो महिलामुक्तिकै निम्ती साच्चै आफ्नो सम्पुर्ण खुसी र जीवनको बाजी लागाएका छन् उनीहरुलाई सम्मान र सलाम छ ।

केही बैद्धिक खाइपल्टेका पुरुषहरु भन्छन् : महिला नै महिलालाई सामाग्री बनाउने पक्षमा बोल्छन् भने हामी पुरुषलाई त कायदा नै हुन्छ । कुचोले गर्ने काम बतासले गर्दछ भने डबल फाइदा । विद्धवाननै भए पनि आँखा चिम्लेर विश्वास नगर्ने स्वाभवको मुनुवा म निकै छट्पटिमा परे एकछिन् । आज मात्रै एक नेपाली चर्चित मोडेल तथा नायिकालाई मेरो कार्यक्रम ‘ट्रनिङ्ग प्वान्ट’मा अक्सर तपाईलाई कस्ता पुरुष मन पर्छन् ? बढो गर्वका साथ “एग्रेसिभ” पुरुष मन पर्छ उनको उत्तर थियो । यदि पुरुष “एग्रेसिभ” नभए मजा नआउने उनको आशय थियो । म अवाक भएँ । ति बैद्धिकले भनेको कुरासंग यी आधुनिक नारीको विचार मेल खायो । मलाई लाग्ने हाईन लोग्ने मानिस चाहिन्छ भन्ने मोडल स्मीता थापाको कुरै बेग्लै भैहाल्यो । उनले त पुरुष मेरो लागी खेलौना हून मन लागे युज गर्छु । नलागे गर्दीन् समेत भनिन् । उनी बारे राजेन्द्र थापाले ‘खेलौना’ नै लेखे । आश्वानी कोइलराले ‘उनी’ बनाए । स्मीता त नै एउटा ब्राण्ड बन्यो । सबैलाई थाहा छ यो संसार पुरुषहरुको हो । अझ नेपाल मात्र पुरुषको । यो अलिक चित्त नबुझ्न सक्छ । सत्य गुलियो हुने कुरा पनि भएन । …

अहिले समाजकोरुप विचित्र र अजंगको देखिएको छ । समाजमा महिला नामक वस्तु नयाँ हावाको रुपामा प्रवेश गरेको छ । दक्षिणी स्वच्छ हावाको सट्टा पश्चिमी हावा वेगले बहेको छ । आधुनिकता र अधिकारको नाममा महिलाहरुको अँग प्रत्याङ्गको विक्री वितरण गरिन्छ । खुलेआम । महिलाबादी चुपचाप छन । आखिर किन ? खै कहाँ छन् महिलाअधिकारकर्मीहरु ? हाम्रो धर्मकर्म, रितिरिवाजका नाममा महिलालाई एउटा वस्तु सरह दान दिईन्छ र बेचिन्छन् । यसलाई महिलाहरु आफ्नो अधिकार या सौभाग्य सम्झन्छन् । यो आलेख लेख्नु अघि मैले केही अधिकारकर्मी, ओकालतकर्मी र केही लेखकहरुलाई नारी सौन्यर्ताबारे जिज्ञासा राखेको थिएँ । उनीहरु भन्छन् ः यो समाजले शारिरीक सौन्दर्य नै महिलाको मुख्य सम्पती मान्छ । यो गलत छ । नारीको वास्तविक र दिगो सुन्दरता भनेको उनको शिष्टता, शलिनता, सभ्यता, आचण, परिवार र समाज प्रती जिम्मेबारी र हामीमा यी दुवै सुन्दरता भए सुनमा सुगन्ध हुनेछ । तर खै त व्यावहारमा ?

युनिभर्सिटी अफ कोलोराडो डेनभर विजनेस स्कूलको एक अध्ययन भन्छ । ‘राम्री महिलालाई रोजगारीका केही अवसरहरुमा प्रवेश निषेधको व्यवहार गरिन्छ ।’ अनुसन्धान तथा अन्वेषण, वित्त, इन्जिनियरिङ, सेक्युरिटी तथा निमार्णसम्बन्धि काममा उनीहरुलाई लिइदो रहेनछ । राम्रो हुनु त फाइदाजनक मात्र रहेनछ नि भन्ने प्रश्न यहाँनिर खडा हुन्छ । राम्री केटीलाई सबैले आँखा लगाउने, जिस्क्याउने, उसप्रति खराव नजर राख्ने, मन पराउने नाममा दुःख दिने जस्ता गतिविधि हाम्रै समाजमा हुने गर्छन् । ‘सुन्दरता’ भन्ने कुरा कसैसँग कम होला, कसैसँग बढी होला यात कसैसँग नहोला तर मन भन्ने कुरा त सबैसँग भएकै कुरा हो । महत्वपूर्ण कुरा त्यो हो, जसको अनुहार होइन मन सुन्दर होस् र उसले अरुलाई पनि सुन्दरता छर्न सकोस् ।

लामो समय देखी धर्म र पुरुषतन्त्रको विरुद्ध आगो ओकल्ने लेखिका तस्लिमा नसरीन भन्छिन् : अहिले पनि महिलालाई १०० बर्ष पछाडि धकेल्ने सड्यन्त्र भइरहेको छ । स्वास्नीमानिसहरु फेरी हत्कडी पहिरिऊन् । सृगांरपटार गरुँन् । सुन्दरी बनुन् । घर बाहिर सौन्दर्य प्रतियोगिताको दौडमा कम्मर कसेर लागूँन् । चारैतिर स्वास्नी मानिस शरिरको हाटबाजर सजाएर बसून् । अफसोच । सचेत भनेर गुणगान गरिने स्वास्नीमानिस नै यस्तो चाहन्छन् भने पुरुषहरु रमाइ–रमाई मस्ती गर्ने नै भए । पुजीँवादको आडमा भित्रिएको आधुतिकता थोक बस्तु सरह बेचिएको चाल नपाउने बुज्रुकहरुलाँई के भन्ने ?? स्वांयम् महिला यस्तो विचार निश्तेज पादै अगाडी बढ्न जरुरी छ ।

अहिले नेपालमा शक्तिशाली नेतृत्व तहमा महिलाहरु पुगीसकेका छन् । यो ऐतिहासिक त हुदँै हो महिला आन्दोलनको लागी ठुलो सफलता पनि । केही निकायमा पहुँच भयो या महिला पुगे भनरे उत्वस मनाउनु बेकार छ । पितृसत्ता जतातै लुकेको छ । अहिलो त झन् सबै क्षेत्रमा महिला प्रर्दशनका लागी मात्र राखिने फेशन मौलाएको छ । किनकी सबैले महिला स्वतन्त्रता भनेका छन् । राज्य सत्तानै हातमा लिए जस्तो फूँइ पनि सुनिन्छ बेला–बेला । राज्यका हरेक निकायका पहुँच त हुनै पर्यो निणायक भुमिका, क्षमता र शक्ती जुटाउन जरुरी छ । निणार्यक ठाँउमा उचित स्थान नभए पछि केवल सो पिस मात्र बन्द्छन् महिलाहरु । जसरी उनीहरुलाई अहिले पनि सहि भन्दा गलत तरिकाले उपयोग गरिएको नजीर हाम्रौ सामु घाम जस्तै छर्लङ्ग छ । नारीहरूमा सुन्दर हुने होडबाजी चलाएर आफ्नो सत्ता, शोषण र आर्थिक–सांस्कृतिक स्वार्थ पूरा गर्ने शासकवर्गको ‘सुन्दरताको राजनीति’ बुझ्न ढिला गर्नुहुँदैन् । पितृसत्तावादी पुरुषको मतियार बन्नु हुँदैन् । महिलालाई ‘माल’मा बनाउने संस्कृति विरुद्ध पुनर्जागरणको यात्रामा नयाँ पुस्ता युवाहरु लाग्नुको विकल्प छैन् ।