विशेष

म्याग्दीमा काँग्रेसको वडा समितिमा युवाहरुको नेतृत्व स्थापित

म्याग्दी २१ भदौ । राजनीतिमा नेतृत्व हस्तान्तरणको बहस बर्षौदेखि चलिरहेपनि ज्येष्ठ नागरिकको उमेरमा पुग्दा समेत नेतृत्व हस्तान्तरण नगर्ने विद्यमान परिपार्टीलाई म्याग्दीमा काँग्रेसको वडा अधिबेशनले क्रमभंग गरेको छ । एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडाहरुमध्ये करिब आधाको हाराहारीमा युवाहरुले वडा समितिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । भदौ... पुरा पढ्नुहोस

बाढीले लुलाङको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगायो

म्याग्दी २१ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –२ मा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गयराती अविरल बर्षासंगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघुजलविद्युतको विद्युतगृह बगाएको हो । बर्षासंगै नदीको तटिय क्षेत्रमा गएको पहिरो र बाढीको कारण लघुजलविद्युत परियोजना बगाउँदा करिब १ करोड ५० लाख बढीको... पुरा पढ्नुहोस

मोना जापान क्षेत्रिय समिति नागोयाको अध्यक्षमा राम किसान चयन

म्याग्दी २० भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान अन्तर्गत रहेको क्षेत्रिय समिती नागोयाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आसन्न मोना राष्ट्रिय समिती जापानको अधिबेशनलाई लक्षित गरी सबै क्षेत्रहरुको अधिबेशन तथा भेलाहरु गर्ने कार्यक्रम अन्तरगत नागोयामा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको मोना जापान क्षेत्रिय समिति नागोयाको भेला... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको आर्थिक बिभाग संयोजकमा रिम केसी

  बेनी, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र म्याग्दीकले आर्थिक विभाग संयोजकमा रिम केसीलाइ तोेकेको छ । जिल्ला सदस्य रिम केसीको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा याम रोका र नगेन्द्र केसीलाई चयन गरिएको जिल्ला संयोजक जुग्जालीले जानकारी दिए । जिल्ला संयोजक रेशम जुग्जालीको अध्यक्षता, इञ्चार्ज गोबिन्द पौडेल, प्रदेश... पुरा पढ्नुहोस

अवरुद्ध बेनी- पोखरा सडक खुल्न २ दिन लाग्ने

  म्याग्दी, २० भदौ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध बेनी-पोखरा सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका... पुरा पढ्नुहोस

दोस्रो किस्ता नपाउदाँ बाढी पहिरो पीडितको घर निर्माणमा ढिलासुस्ती

म्याग्दी, २० भदौ । म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएका परिवारकोे घर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्ला प्रशासन कार्यालयले समयमै दोस्रो किस्ता उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा घर निर्माण अलपत्र बनेको हो । सरकारले किस्तामा उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा धवलागिरी गाउँपालिका– ७ धारापानीका दलीतबस्तीका १४ परिवारको घर अलपत्र बनेको छ।... पुरा पढ्नुहोस

रघुगंगाको कोभिड अस्पतालको रुपमा प्रयोग भएको आमासमूहको भवन पहिरोको जोखिममा

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको भवन पहिरोको जोखिममा परेको छ । गाउँपालिकाले कोभिड अस्पताल सञ्चालन गरेको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित प्रगतिशिल आमा समूहको भवनमाथिबाट खसेको पहिरोले भवन उच्च जोखिममा परेको छ । कोरोनाको दोस्रो लहर चलेपछि गत बैशाखदेखि आमा समूहको भवनलाई गाउँपालिकाले कोभिड... पुरा पढ्नुहोस

म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा विश्व ‘ब्लाइन्ड आइडल’ घोषित

कमल खत्री म्याग्दी १६ भदौ । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहिन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको चुनावी सरगर्मी

कमल खत्री म्याग्दी १६ भदौ ।  नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई... पुरा पढ्नुहोस

गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

म्याग्दी १६ भदौ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५ औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन... पुरा पढ्नुहोस