विशेष

म्याग्दीे जेसिजको अध्यक्षमा खत्री

  म्याग्दी, १७ पुस । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ । जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको... पुरा पढ्नुहोस

यसरी बन्दै छ बादिकाको भिरमा सडक (तस्बिर सहित)

म्याग्दी १७ पुस । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्डमा पर्ने बादिकाको भिरमा नयाँ वैकल्पिक सडक निर्माण सुरु भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले दरबाङ–धारापानी–ताकमहँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि... पुरा पढ्नुहोस

राहुघाट जलविद्यूतको ३८ प्रतिशत काम सकियो, सुरुङ निर्माणको प्रगति निराशाजनक

कमल खत्री बेनी १७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अहिलेसम्म जम्मा उक्त प्रगति भएको हो । नेपाल विद्युत प्राधिकरणको शत... पुरा पढ्नुहोस

म्याग्दीमा धान उत्पादन घट्यो

म्याग्दी १६ पुस । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द... पुरा पढ्नुहोस

कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा

बेनी, १६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । शुक्रवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाको ७ वटा... पुरा पढ्नुहोस

स्वास्थ्य विमामा म्याग्दीबाट २४ हजार आवद्ध

  म्याग्दी, १६ पुस । म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य विमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुष १३ गतेदेखि लागु भएको स्वास्थ्य विमामा सो संख्याले विमा गरेका हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून... पुरा पढ्नुहोस

मराङको अस्कारेखोलामा ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

म्याग्दी १६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था... पुरा पढ्नुहोस

चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । विहिबार चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाउदै बालश्रममुक्त वडा घोषणा गरिएको हो । कर्यक्रममा श्रमको जोखिमबाट मुक्त गराएर... पुरा पढ्नुहोस

गुर्जामा हिमपहिरोमा पुरिएर एकजना बेपत्ता, तीनजना अलपत्र

म्याग्दी १५ पुस। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको... पुरा पढ्नुहोस

हिमपातले लोभदाग्दो बन्यो झाक्रीपानी (फोटो फिचर)

म्याग्दी १५ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ मा अवस्थित पर्यटकीय स्थल झाक्रीपानीमा हिमपातले लोभदाग्दो बनेको छ । दुई दिनसम्म परेको हिमपातले सेताम्मे बनेको र आन्तरिक पर्यटकहरु हिउँमा रमाउनका लागि जानेक्रम सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा अवस्थित झाक्रीपानीमा सेताम्मे बनेको हिउँ र त्यहाँबाट देखिने... पुरा पढ्नुहोस