म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर )

  • ३० बैशाख २०७९, शुक्रबार
  • 1021 पटक पढिएको

म्याग्दी ३० वैशाख । म्याग्दीका ६ वटै स्थानीय तहमा रहका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । निर्वाचन लक्षित गरेर म्यादी प्रहरी छसय १९, नेपाल प्रहरी तिनसय ८०, सशस्त्र प्रहरी दुईसय ६, नेपाली सेना दुईसय ३२ जना परिचालन गरिएको छ ।