राखु भगवतीमा नेकपा माओवादी केन्द्रको बृहत आमसभाः उर्लियो जनसागर

  • २७ बैशाख २०७९, मंगलवार
  • 627 पटक पढिएको

म्याग्दी, २७ बैशाख । नेकपा माओवादी केन्द्रले रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा मंगलबार बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत पदका उम्मेदवारलाई जिताउने अभियानमा राखु भगवतीमा बृहत चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मिना विक, उपाध्यक्ष पदका उम्मेदवार रिम कटुवाल, वडाअध्यक्ष उम्मेदवार नरबहादुर भण्डारी रेशम कटुवाल लगायतका उम्मेदवारलाई जिताउने अभियानमा भएको चुनावी सभामा राखु भगवतीबासीको बाख्लो उपस्थित रहेको थियो ।

चुनावी सभामा सहभागि भएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेलले जनयुद्धको उपलब्धीलाई रक्षा गर्न हरेक स्थानीय तहमा माओवादी नेतृत्व आवश्यक रहेको बताउदै गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारलाई ढुक्क साथ मत दिएर विजयी गराउन रघुगंगाबासीलाई आग्रह गर्नुभएको थियो ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले राखुबासी जनता दिएको मतअनुसार राखुको सडक, शिक्षा, खानेपानी, कृषि लगायतको क्षेत्रको विकासमा निरन्तर प्राथमिकतामा राखेको काम गरेर जानकारी गराउदै आगामी दिनमा यस क्षेत्रको विकासमा आवश्यक पहल गरिरहने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले माओवादी केन्द्रबाट रघुगंगाको अध्यक्षकी उम्मेदवार मिना विक र उपाध्यक्ष पदका रिमबहादुर कटुवाल वडाअध्यक्ष लगायत पदका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह गर्नुभएको थियो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जनयुद्धको मर्मअनुसार रघुगंगामा माओवादी केन्द्रले दलित महिला नेतृत्वमा पुग्ने अवसर दिएको बताउदै विकलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभएको थियो । प्रतिगमनका विरुद्ध भएको गठबन्धन म्याग्दीमा हुन नसकेपनि गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मिना विकको पक्षमा रघुगंगाबासी जनता एकजुट हुन आग्रह गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मिना विकले संघियताको मर्मअनुसार रघुगंगाको नेतृत्वमा दलित महिलालाई अवसर दिनुभयो भने यस गाउँपालिकालाई सहकार्यमा उत्कृष्ट बनाएर देखाउने प्रतिवद्धता जनाउनुभएको थियो । घरको चुलोचौकोमा सिमित भएको एक दलित महिलालाई माओवादी केन्द्रले दिएको अवसरलाई सदुपयोग गरेर रघुंगगालाई विकसित र विभेदरहित बनाउने भन्नुभएको थियो ।
चुनावी सभामा उपाध्यक्ष पदका उम्मेदवार रिम कटुवालले संघियता मर्मअनुसार माओवादी केन्द्रलाई विजयी गराउन राखुबासीलाई आग्रह गर्नुभएको थियो । उहाँले वडाअध्यक्ष पदको कार्यकालमा जनताको आवश्यकता अनुसार सडक, शिक्षा, खानेपानी, कृषि, पर्यटन, विद्यूत लगायत क्षेत्रको पुर्वाधार निर्माणमा सक्ने काम गरेको बताउदै आगामी दिनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लगायतको पदमा मत दिएर माओवादी केन्द्रलाई विजयी गराउनुभयो भने गाउँपालिकाको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतको सुधारसंगै कृषि उत्पादनलाई बढाउने र कृषकले उत्पादन गरेका कृषि उपजबहरुको बजार सुनिश्चित र जलविद्युत र युवाहरुलाई रोजगारी सिर्जना लगायतको कामहरु पाचँ बर्षे कार्यकालमा गर्ने प्रतिवद्धता सभामा राख्नुभएको थियो ।

वडाअध्यक्ष पदका उम्मेदवार भविन्द्र शेरपुञ्जा, नरबहादुर भण्डारी र रेशम कटुवालले संघियताको मर्मअनुसार जनताको पक्षमा काम गर्न सक्ने योजना लिएर जनतामाझँ माओवादी केन्द्र आएको बताउदै मत दिएर बिजयी गराउन आग्रह गर्नुभएको थियो । उहाँहरुले पाचँबर्षे कार्यकालमा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतको क्षेत्रमा जनताको आवश्यकताअनुसार काम गर्ने योजनाहरु सभामा राख्नुभएको थियो । गाउँपालिका कमिटीका सदस्य घनश्याम परिवारले गाउँपलिका अध्यक्ष पदकी उम्मेदर विकको पक्षमा दलितहरु एकजुट हुने समय आएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीको संचालनमा भएको कार्यक्रममा जनसास्कृतिक कलाकारले नृत्य प्रस्तुत गर्नुभएको थियो । माओवादीले रघुगंगाको आठ वटै वडामा चुनावी सभा, घरदैलो र मतदाता भेटघाट सम्पन्न गरेर मंगलबार राखु भगवतीमा बृहत जनसागरको उपस्थितमा चुनावी सभा सम्पन्न गरेको थियो ।