दरवाङमा माओवादी केन्द्रको चुनावी सभा : उर्लियो जनसागर

  • २५ बैशाख २०७९, आईतवार
  • 911 पटक पढिएको

 

दरवाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जालीको टिमलाई जिताउने अभियानमा भएको चुनावी सभामा गाउँ–गाउँबाट जनसागर उर्लिएको थियो । चुनावी सभामा सहभागि भएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेलले दरवाङमा भएको चुनावी सभामा उर्लिएको जनसागरले मालिका गाउँपालिकामा माओवादीको जित सुनिश्चित गरेको बताउनुभयो ।

मालिका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रेशम जुग्जालीले संघियताको मर्मअनुसार भष्ट्रचारमुक्त र शुसासन कायम गराउने अभियानसहित पाचँबर्षे विकास योजना लिएर गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेको बताउनुभयो । उहाँले गाउँपालिकाको नेतृत्वमा माओवादीलाई अवसर दिनुभयो भने मालिकालाई उत्कृष्ट बनाएर देखाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

जुग्जालीले मालिका गाउँपालिकाको नेतृत्वमा तपाईहरुले मत दिएर पु¥याउनुभयो भने कर्मचारीलाई विश्वासमा लिएर नागरिकलाई छिटो, भ्रष्ट्राचार र विभेदरहित सेवा प्रवाहको वातावरण निर्माण गर्ने पहिलो काम हुने बताउनुभयो । चुनावी सभामा जुग्जालीले विज्ञहरुको सल्लाह सुझाव अनुसार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, गरिवको पालिकाबाट स्वास्थ्य विमा गर्ने घोषणा गर्नुभएको थियो । उहाँले गाउँपालिकाको केन्द्र देखि वडा र बस्ती जोड्ने सडकलाई बाह्ै महिना यातायात चल्ने बनाउने, विद्युतीकरणलाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने प्रतिवद्धता जुग्जाली जनाउनुभएको थियो ।

चुनावी सभामा शिक्षा, स्वास्थ्य, सडक खानेपानी लगायतको सुधारसंगै कृषि उत्पादनलाई बढाउने र कृषकले उत्पादन गरेका कृषि उपजबहरुको बजार सुनिश्चित र जलविद्युत योजनालाई तीव्र गतिमा संचालन तथा युवाहरुलाई रोजगारी सिर्जना लगायतको कामहरु पाचँ बर्षे कार्यकालमा पुरा गरेर छोड्ने बताउनुभएको थियो ।

उहाँले दरवाङ बजारमा ढल ब्यवस्थापन, खानेपानीको अभाव र सडक धुलो र हिलोले बजारबासीलाई समस्या भएको बताउदै आफ्नो कार्यकालमा सडक कालोपत्रे, ढल ब्यवस्थापन र मिटर जडित खानेपानीकोे ब्यवस्थापन गर्ने प्रतिवद्धता बजारबासीमा माझँ राख्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्षका उम्मेद्वार गौरी सेञ्चुरीले ग्रामिण अर्थतन्त्रको आधार कृषि उपजको बजार सुनश्चितताका लागि संकलन केन्द्र खोल्ने, स्थानीय स्रोत साधनमा आधारित उद्यम व्यवसाय मार्फत महिलाहरुको आयआर्जनमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले संघियताको मर्मअनुसार जनताको पक्षमा काम गर्न सक्ने योजना लिएर जनतामाझँ माओवादी केन्द्र आएको बताउदै मत दिएर बिजयी गराउन आग्रह गर्नुभएको थियो ।

नेकपा एकीकृत समाजबादीका म्याग्दीका सचिव रुद्र किसानले देशको संविधानसंगै ब्यवस्था प्रतिगामी तत्वबाट बचाउन गठनबन्धन गरेर अघि बढेको बताउनुभयो । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीका अध्यक्ष दोरण शेरचनको अध्यक्षता र सचिव हिमकुमार पाईजाको संचालनमा भएको कार्यक्रममा जनसास्कृतिक कलाकारले नृत्य तथा सांगितिक प्रस्तुती राखेका थिए । माओवादीले मालिकाको सात वटै वडामा चुनावी सभा, घरदैलो र मतदाता भेटघाट सम्पन्न गरेर आईतबार दरवाङबजारमा बृहत जनसागरको उपस्थितमा चुनावी सभा सम्पन्न गरेको थियो ।