विशेष
बेनी नगरपालिकाको १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार
- 9 दिन अगाडि
- १४ पुष २०८२, सोमबार
बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सम्मान गरिएको हो । गत आर्थिक वर्षमा तीन वटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको... पुरा पढ्नुहोस
रघुगंगामा २० औँ गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन
- 9 दिन अगाडि
- १४ पुष २०८२, सोमबार
म्याग्दी १४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये रु २ करोड ४९ लाख २० हजार बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको... पुरा पढ्नुहोस
युवाहरुको अनुकरणीय काम:‘बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान’
- 9 दिन अगाडि
- १४ पुष २०८२, सोमबार
म्याग्दी , १४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाहरुले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरुको समेत खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाहरुले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् । न्यू... पुरा पढ्नुहोस
पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
- 10 दिन अगाडि
- १३ पुष २०८२, आईतवार
बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत मङ्गला गाउँपालिका–३ पखेर देखि तीन किलोमिटर पाँच सय मिटर दुरीमा सडक ग्राभेल र ढलान... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा विश्वकर्मा निर्वाचित
- 11 दिन अगाडि
- १२ पुष २०८२, शनिबार
म्याग्दी, १२ पुस । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा विनोद घर्ति, बरिष्ट कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज्जन श्रेष्ठ, कार्यकारिणी... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र सम्मान
- 12 दिन अगाडि
- ११ पुष २०८२, शुक्रबार
\ म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण र सम्मान गरेको छ । पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रवार वडा नम्बर २ भगवतीमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित सम्मान गरीएको हो । https://youtu.be/0JBVBnRC42Q ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आयोजना... पुरा पढ्नुहोस
अन्नपूर्ण आभारभूत विद्यालमा ‘विद्यालयसंग पूर्व विद्यार्थी कार्यक्रम’ सञ्चालन
- 12 दिन अगाडि
- ११ पुष २०८२, शुक्रबार
म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–सिजलगाउँमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयले विद्यालयको शैक्षिक विकासका लागि ‘विद्यालयसंग पूर्व विद्यार्थी कार्यक्रम’ सञ्चालन गरेको छ । देश तथा विदेशमा छरिएर रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई विद्यालयको शैक्षिक विकासमा सहकार्यका लागि विद्यालयले सञ्चालन गरेको उक्त अभियानबाट विद्यालयका सबै बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । ... पुरा पढ्नुहोस
नेपाली कम्युनिष्ट पार्टी म्याग्दीद्धारा उमेद्वारको नाम सिफारिस
- 13 दिन अगाडि
- १० पुष २०८२, बिहीबार
बेनी, १० पुष ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनी स्थित पार्टी कार्यालयमा बिहिबार बसेको बैठकले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वर्मा, गमबहादुर श्रीसमगर,... पुरा पढ्नुहोस
एकल महिलाकाे सफलता : सुन्तलाकाे आम्दानीले ठडीयो पक्की घर
- 13 दिन अगाडि
- १० पुष २०८२, बिहीबार
म्याग्दी । बेनी नगरपालिका–३, मरेककी कर्णकुमारी पुर्जा पुनको आँगनमा अहिले ढलान घरमा रङरोगन भइरहेको छ । यो कुनै ऋण वा सहयोगबाट बनेको घर होइन, उनका हातले स्याहार गरेका सुन्तलाका बोटले ठड्याएको सपना हो । ७२ वर्षको उमेरमा पनि कर्णकुमारीको दैनिकी सुन्तलाबारीमै बित्छ । गत वर्ष सुन्तला बेचेर कमाएको रु १५... पुरा पढ्नुहोस
ब्रेन ट्युमर पीडित नविन परिवारको उपचारमा सहयोगको याचना
- 13 दिन अगाडि
- १० पुष २०८२, बिहीबार
म्याग्दी १० पुस । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ बस्ने २८ वर्षीय ब्रेन ट्युमर रोगबाट पीडित नवीन परियारको उपचारमा सहयोगको याचना गरिएको छ । लामो समयदेखि बिरामी परियार हाल भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएपछि उहाँका आफन्तजनले ‘नवीन परियार... पुरा पढ्नुहोस