विशेष

मिर्गौला पिडित भण्डारीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ३ लाख २२ हजार सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा बेल्जियममा रहेका राखुबासीले रु ३ लाख २२ हजार बढी सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ३ लाख २२ हजार २ सय आर्थिक सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने

म्याग्दी, मङ्सिर ३ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।  सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजेसम्मका लागि... पुरा पढ्नुहोस

ठेक्का लागेको ५ वर्षमा पनि रणवाङ–दरवाङ सडक कालोपत्र भएन

म्याग्दी:     जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ)खण्ड कालोपत्र गर्ने योजनाले ५ वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु... पुरा पढ्नुहोस

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन

ताकम, १ मङ्सिर । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा... पुरा पढ्नुहोस

दिवंगत गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको जीवनी

प्रस्तुती : अजयमिलन श्रेष्ठ स्व. विमला गौचनको संक्षिप्त जीवनी *************** १) जन्म/ जन्मस्थान/ पिता-माता : विमला गौचनको जन्म वि. सं. २०१८ असार ६ गते भएको हो। उनको जन्म साविक कोबाङ्ग गाउँ विकास समिति, वडा नं. ५ (हाल थासाङ्ग गाउँपालिका वडा नं. २), नाउरीकोट, मुस्ताङमा भएको हो। उनी स्व. जयप्रसाद र... पुरा पढ्नुहोस

गण्डकी प्रेदेश सभा सदस्य विमला गौचनको निधन

म्याग्दी, २९ कात्तिक । नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । ६३ बर्षिय गौचनको बुधबार राति काठमाडौंमा निधन भएको हो । अस्वस्थ भएपछि उहाँलाई राति ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सांसद् गौचनको हृदयघातका कारण निधन भएको हुन सक्ने बताइएको... पुरा पढ्नुहोस

मिर्गौला पिडितको उपचारमा पोर्तुगलमा रहेका रवि भण्डारीले जुटाए एक लाख बढी सहयोग

म्याग्दी २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा पोर्तुगलमा रहनु भएका रवि भण्डारीले रु एक लाख बढी सहयोग जुटाउनु भएको छ । कलेजाबाङ महतारे घर भइ रोजगारको सिलसिलामा पोर्तुगलमा रहनुभएका भण्डारीले आफु सहित बुइजुनिङ्क कम्पनीमा कार्यरत आफ्ना साथिहरु बाट रु एक लाख एक हजार... पुरा पढ्नुहोस

कुकुर तिहार बिशेष : कुकुरको भरमा घुम्ती गोठको पशुपालन

रघुगंगा गाउँपालिका–८ च्याप्टेडेम्मर खर्कमा घुम्ती गोठ राखेर भेडापालन गर्नुभएका हिमबहादुर छन्त्यालको गोठको सुरक्षामा ५ वटा भोटे कुकुरले गर्ने गरेका छन् । विगत आठ बर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालले गोठ र गोठमा रहेका भेडाबाख्राको सुरक्षामा दुई जना गोठालासंगै कुकुरलाई समेत राख्ने गर्नुभएको छ । सहरी क्षेत्रमा सोखको लागि कुकुर पाल्ने प्रचलन... पुरा पढ्नुहोस

मिर्गौला पिडित भण्डारीको उपचारमा अमेरिकाबाट रु पाँच लाख बढी सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा अमेरिकामा रहेका राखुबाससीहरुको पहलमा पाँच लाख बढी सहयोग रहेका छन् । राखु समाज अमेरिका र अमेरिकामा रहेका राखुबासीहरुले रु ५ लाख २१ हजार २०३ सहयोग गरेका हुन् । अमेरिकामा रहनुभएका बिजय भण्डारी, किशोर भण्डारी, केशब भण्डारी, सुजन भण्डारी र रामजी... पुरा पढ्नुहोस

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

१५ कात्तिक, म्याग्दी । रघुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ ।   रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा बाँध र वडानम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक... पुरा पढ्नुहोस