म्याग्दी समाचार

पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड म्याग्देली गायिका कार्कीलाई प्रदान

म्याग्दी, ७ साउन । पृथ्वी पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड– २०७४ बाट म्याग्देली गायिका सोभा कार्की सम्मानित भएकी छिन् । लोकदोहोरी गायनतर्फ सर्वोकृष्ट पाँच भित्र पर्न सफल म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीकी शोभा कार्की भोटिङ मार्फत सो अवार्ड हात पार्न सफल भएकी हुन् । उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका उत्कृष्ट प्रतियोगी मध्ये... पुरा पढ्नुहोस

राप्रपा जिल्ला सदस्य छन्त्याल काँग्रेसमा प्रवेश

म्याग्दी, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका जिल्ला सदस्य एवँ धौलागिरी गाउँपालिकास्थित मल्कबाङका अगुवा व्यक्तित्व दलमान छन्त्याल काँग्रेस प्रवेश गरेका छन् । दलमानको प्रवेशसँगै मल्कबाङमा काँग्रेस अझ सशक्त बनेको छ । काँग्रेसको नेतृत्वमा मात्रै गाउँको विकास संभब रहेको भन्दै छन्त्यालले काँग्रेसको सदस्यता लिएका हुन् । उनलाई नेपाली काँग्रेस मल्कबाङका... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा डम्मरामा वृक्षारोपण

म्याग्दी, ७ साउन । बेनी–दरवाङ सडकको डम्मरा खण्डको सडक छेउछाउको क्षेत्रमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी सिटी र बेनी नगरपालीका ६ को डम्मरा आमा समूहले भुक्षय, पहिरो रोकथाम र हरियाली प्रर्वद्धनका लागि सडक किनारमा वृक्षारोपण गरेका हुन् । लायन्स क्लब अफ बेनी सिटी २०१७–१८ को पहिलो... पुरा पढ्नुहोस

काठमाण्डौमा वेपत्ता भएकी धाईरिङकी शान्ति दश दिनमा भेटिइन

म्याग्दी, ७ साउन । विरामी भएर पोखरामा उपचाररत श्रीमानलाई भेट्न जाँदा ठाउँ पहिचान गर्न नसकेर काठमाण्डौ पुगेपछि सम्पर्क विहिन बनेकी धाईरिङकी शान्ति दर्जी दशदिनपछि परिवारको सम्पर्कमा आएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङकी २३ बर्षिया दर्जीलाई काठमाण्डौमा बेबारिस अबस्थामा फेला पारेपछि प्रहरीले वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन ।... पुरा पढ्नुहोस

जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध

म्याग्दी, ७ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण सिधा सवारी अबरुद्ध बनेको छ । बर्षाको कारण रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल र अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा सडक माथिबाट पहिरो खसेपछि यातायात अबरुद्ध बनेको हो । पहिरो खस्ने क्रम नरोकिएको कारण अबरुद्ध... पुरा पढ्नुहोस

निर्वाचन अगाडी संविधान संशोधन हुन सक्दैनः पूर्व प्रम खनाल

म्याग्दी, ७ साउन । नेकपा एमालेका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडी संविधान संसोधन हुन नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अबसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको प्रबचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । एमाले... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु... पुरा पढ्नुहोस

म्याग्दीमा करिब ४५ करोड मुल्य बराबरको दुध उत्पादन

म्याग्दी ६ साउन । पहाडी जिल्ला म्याग्दीमा एक बर्षमा करिब ४५ करोड मुल्य बराबरको दुध उत्पादन भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ५ हजार ५ सय ९२ मेट्रिक टन अर्थात ४४ करोड ७३ लाख ६० हजार मुल्य बराबरको दुध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।  ... पुरा पढ्नुहोस

‘जनहितमा श्रोतकेन्द्र स्तरिय पढाई उत्सव’

 मुस्ताङ,६,श्रावण । ‘रमाईलो पढाई,दिगो सिकाई’उद्घोष सहित बिद्यालयका स—साना वालवालिकाहरुको पढाई शिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय जोमसोमले शुक्रवार जोमसोममा श्रोतकेन्द्र स्तरिय प्रारम्भिक कक्षा पढाई उत्सव भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले राष्ट्रिय पढाई उत्सव कार्यक्रम सन् २०१५ देखि देशका १६ जिल्लामा सुरु गरिएको हो।गत वर्ष देखि... पुरा पढ्नुहोस

विशालको उपचारका लागि अमेरिकाबाट सहयोग

म्याग्दी,६ साउन । विशाल बुद्धुजाको उपचारका लागि अमेरिकामा रहेको म्याग्देलीबाट ९३ हजार ओमकुमारी शान्ति कोषलाई सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेकी दिपा पुनको नेतृत्वमा संकलन भएको सो रकम समाजसेवी दशरथ कर्माचार्यले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ न्यारच्याङ्गका बिशाल बुद्धुजाको मुखकोे हड्डी... पुरा पढ्नुहोस