म्याग्दी समाचार

म्याग्दीमा बहत्तर वटा मतदानस्थल सिफारिस

म्याग्दी, १० चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन सो मतदानस्थल निर्धारण गरेको हो । जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल बहत्तर वटा रहेपनि मतदाता संख्याको आधारमा मतदान... पुरा पढ्नुहोस

बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव सुरु

म्याग्दी, १० चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा सुरु भएको साँस्कृतिक महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुनेछ । लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको विकासका लागि मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको... पुरा पढ्नुहोस

टेलीकमले निशूल्क सिम र रिम वितरण गर्ने

नेपाल टेलीकम म्याग्दीले बिहीबारदेखि बेनीमा सञ्चालन हुने प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सवका अवसरमा निशूल्क सिम र रिम वितरण गर्ने भएको छ । महोत्सव स्थलमा स्टल राखेर सर्वसाधारणलाई सिम र रिम वितरण गर्न लागिएको टेलीकमका शाखा प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो । निशूल्क रिम र सिम लिनका लागि उपभोक्ताले परिचय खुल्ने... पुरा पढ्नुहोस

यातायात ब्यवसायीको दादागिरी विरुद्ध बरंजाबासी आन्दोलीत

बेनी, ९ चैत । म्याग्दीको बरंजाका बासिन्दाहरुले यातायात ब्यवसायीको दादागीरी र एकाधिकार विरुद्ध बुधबार बेनीमा प्रर्दशन गरेका छन् । म्याग्दी जिप तथा बस व्यवसायी समिति अन्तरगतका ब्यवसायीले यात्रु र बोलेरो जिप चालकलाई कुटपिट गरेको भन्दै बरंजाका बासिन्दाहरु बेनीमा आएर प्रर्दशन गरेका हुन् । उनिहरुले ब्यवसायीको दादागिरी अन्त्य हुनुपर्ने, यातायात ब्यवसायीहरुबीच... पुरा पढ्नुहोस

विश्व पानी दिवस मनाइयो

म्याग्दी, ९ चैत । म्याग्दीमा पनी बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पानी दिवस मनाइएको छ ।  जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बरंजा, ओखरबोट, ताकम र घारमा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । ओखरबोटको खालखोला खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिका... पुरा पढ्नुहोस

छारेरोग शिविरबाट ४६ जना लाभान्वित

म्याग्दी, ९ चैत । नेपाल छारेरोग संघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा बुधबार सम्पन्न निःशुल्क छारेरोग शिविरमा ४६ जना लाभान्वित बनेका छन् । छारेरोगबाट पिडित भएका विरामीहरुको उपचार र यस रोगबारे जनचेतना फैलाउनका लागि विशेषज्ञ डाक्टरहरु ल्याएर शिविर गरिएको शिविरका संयोजक चित्र तिलिजाले जानकारी दिनुभयो । छारेरोग सम्बन्धि समस्या भएका... पुरा पढ्नुहोस

कुवागैरामा माओवादीको दलित मुक्ति मोर्चा गठन

  म्याग्दी, ९ चैत । बेनी नगरपालिका–९ कुवागैरमा नेकपा माओवादी केन्द्र म्याग्दीले आफ्नो भातृय संगठन दलित मुक्ति मोर्चा विस्तार गरेको छ । बुधवार आयोजित भेलाबाट तुलसी परियारको संयोजकत्वमा २६ सदस्यीय मोर्चाको गाउँ कमिटी गठन भएको हो । कमिटीको  सदस्यहरुमा मायाँ नेपाली, जुना परियार, गोपाल परियार, कमला परियार, सतिस नेपाली, रेशम... पुरा पढ्नुहोस

वन कार्यालयका लामिछाने कार्यालय समयमै मदिरामा मात्तिएपछि …..

बेनी ९ चैत । जिल्ला वन कार्यालय म्याग्दीका एक जना कर्मचारीले बुधबार कार्यालय समयमा मादक पदार्थ सेवन गरेर पदीय मर्यादा विपरीतको आचरण प्रस्तुत गरेका छन् ।     मापद पदार्थ सेवन गरेर कार्यालय पुगेका सहायक वन अधिकृत हिमलाल लामिछानेले अन्य कर्मचारी र सेवाग्राहीहरुलाई अपशब्द प्रयोग गरी गालीबेईज्यती गरेका हुन् । मदिराले... पुरा पढ्नुहोस

बेनीमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

म्याग्दी ९ चैत । म्याग्दीको बेनीमा बुधबारदेखि चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।   काठमाडौको गंगटा युवा कल्वले आयोजना गरेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली विश्वकर्माले उद्घाटन गर्नुभयो ।     मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको सुधारका लागि विकृती विसंगती र गलत... पुरा पढ्नुहोस

जिल्ला यूवा समितिद्धारा आयोजित परार्मश तालिम सम्पन्न

म्याग्दी,९ चैत । जिल्ला युवा समिति कार्यालय म्याग्दीको  आयोजनामा  एकदिने युवा परार्मश तालिम बुधबार  बेनीमा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषदको आयोजनामा देशमै युवाहरुको आर्थिक विकास गरि समाजमा आत्मनिर्भर बनाउने उद्देश्य लक्षित कार्यक्रम अन्तर्गत म्याग्दीमा युवा समितिले एकदिने परामर्श तालिम आयोजना गरिएको थियो... पुरा पढ्नुहोस