प्रतिनिधि र प्रदेश निर्वाचनका लागि मंगला गाउँपालिकाबाट चारजना सिफारिस
- २५ भाद्र २०७४, आईतवार
- धिरन खत्री
- 2333 पटक पढिएको
म्याग्दी, २५ भदौँ । म्याग्दीको मंगला गाउँपालिकाबाट प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर चार जनाको नाम जिल्लामा सिफारिस गरेको छ । नेकपा माओावादी केन्द्र म्याग्दीले शनिबार मंगला गाउँपालिकामा आन्तरिक छलफल तथा सम्भावित उम्मेद्वार छनोट गरेको हो ।
सो बैठकमा जिल्ला इन्चार्ज मानबहादुर बुढामगरको उपस्थितमा मंगला गाउँपालिबाट सम्भावित उम्मेद्वार देवराज सुवेदी, चन्द्रप्रकाश बुढाथोकी, पुनम खड्का र यामबहादुर रोकालाई छनोट गरेर जिल्लामा सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका अध्यक्ष चन्द्रप्रकाश बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मालिका गाउँपालिका संयोजक राजेन्द्र शेरचन, धौलागिरि गाउँपालिकाका अध्यक्ष यमन रोकाको उपस्थित भएको थियो । बैठकले बैशाख ३१ गतेको स्थानीय चुनावको समिक्षा गर्दै आगामी रणनीति तयार पारेको विद्याथी नेता तथा मंगला गाउँपालिका प्रचार प्रमुख यामनाथ पौडेलले जानकारी दिए ।
सोही अवसरमा निर्वाचनलाई लक्षित गरेर यामबहादुर रोकाको संयोजकमा सात सदस्यिय प्रचारप्रसार समिति गठन गरिएको छ। समितिको सदस्यमा मनबहादृुर मगर, दलविर पुन, यामकुमारी पुन, कुलप्रसाद पुन, केशब रहनुभएको छ । सोही कार्यक्रममा पाटी प्रवेश गर्नुभएका स्थानीय समाजसेवी यामबहादुर पुनलाई जिल्ला इन्चार्ज बुढाले स्वागत गर्नुभएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l