म्याग्दी समाचार

पुलाचौरमा काँग्रेसको अगुवा कार्यकर्ता भेला सकियो

म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा नेपाली काँग्रेले अगुवा कार्यकर्ताभेला प्रशिक्ष्ण तथा भेटघाट कार्यक्रम« सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै चुनाबी अभियानका संयोजक एवँ नेपाली काँग्रेसका सचिब हरिकुमार श्रेष्ठले निर्वाचन मार्फत काँग्रेसले समृद्धि राष्ट्र बनाउन चाहेको बताउनुभयो । उहाँले नगरपालिकाको विकासका लागि काँग्रेसको उम्मेद्वारलाई अत्यधिक मतले विजयी... पुरा पढ्नुहोस

म्याग्दी जेसीजले चर्चित हाँस्यकलाकारहरुलाई बेनी ल्याउँदै

म्याग्दी, १८ चैत । चर्चित हाँस्यकलाकाहरु बेनीमा आउने भएका छन् । युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको आयोजनामा आगामी चैत २० गते आईतवार हुन लागेको गोल्डेन वोएक कमिडी यात्रा –२०७३ कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु बेनी आउने भएका हुन् । बेनी स्थित रुचि चलचित्र मन्दिरको हलमा हुने कार्यक्रममा... पुरा पढ्नुहोस

गलकोटमा पत्रकारीता तथा उद्घोषण तालीम सुरु

बागलुङ, १८ चैत । प्रेस सेन्टर नेपाल गलकोट नगर समितिको आयोजनामा बागलुङको गलकोटमा शुक्रबारदेखि पत्रकारीता तथा उद्घोषण तालीम सुरु भएको छ । “सम्बृद्ध गलकोटका लागि विकासमुखी पत्रकारीता” भन्ने नारा सहित पाँच दिनसम्म सञ्चालन हुने तालीममा साठी जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४... पुरा पढ्नुहोस

प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न

म्याग्दी, १८ चैत । जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ । ‘‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन, तसर्थ बेलैमा सचेत र सुरक्षित बनौ ’’ भन्ने नाराका साथ ३ दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाको विभिन्न गाउँपालिका र बेनी नगरपालिकाका अन्र्तगत रहेका भूसंरक्षणसंग सम्बन्धित समुहका २४... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचनको तयारी तीब्र,म्यादी प्रहरीमा करिब एक हजारको आवेदन

म्याग्दी, १८ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्र बनाएको छ । ७२ वटा मतदान केन्द्र निर्धारण गरेको कार्यालयले जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीति सम्बन्धि अन्तरक्रिया र मतदाता शिक्षालाई तीब्र बनाउन थालेको हो । एक नगरपालिका र पाँच गाउँपालिकामा करिब ७२ हजार मतदाताले... पुरा पढ्नुहोस

बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी

म्याग्दी, १८ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी भएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रा.लि. अन्र्तगत सञ्चालित ध १ ज ६२८ नम्बरको जिपमा गयराती आगजनी भएको हो । बरंजाको साविकको गाविस भवन अगाडि राखिएको जिपमा लागलागी हुँदा करिब रु ३९ लाख बराबरको जिप पुरै... पुरा पढ्नुहोस

बेनीमा सद्भाव दिवस मनाइयो

बेनी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको आयोजनामा बिहीबार बेनीमा सद्भाव दिवस मनाइएको छ । बेनीको क्याम्पसचोकमा दिगो, शान्ति, सहिष्णुता र सद्भावको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेर दिवस मनाइएको हो । सो कार्यक्रममा समाजका केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले नेपालमा दिगो शान्तिका लागि जाती र भुगोलबीच... पुरा पढ्नुहोस

जिप दुर्घटनामा चालकको मृत्यु

म्याग्दी, १७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीको मच्छिममा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि मुना जाँदै गरेको ध १ ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा चालक बेनपा ४ का ५० वर्षिय खिमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साविक ताकम गाविसको... पुरा पढ्नुहोस

महोत्सवमा आयोजित पुरुष भलिबलमा पर्वत च्याम्पीयन

म्याग्दी,१७ चैत । बेनीमा आयोजित धौालगिरि महोत्सवमा  अञ्चलस्तरीय पुरुष भलिबलमा प्रथम उपाधी पर्वतले जितेको छ । बागलुङलाई पर्वतले एकका विरुद्ध तिनसेट जित्दै प्रथम हुन सफल भएको हो । दोश्रो बागलुङ भएको छ भने म्याग्दी वि तेस्रो भएको छ । भलिबलमा  विजेता उपविजेतालाई क्रमस  ३५  हजार, २५ हजार, १५ हजार र... पुरा पढ्नुहोस

जिल्ला अदालत जाँदै हुनुहुन्छ ? परिचय पत्र अनिवार्य बोक्नुस !

म्याग्दी, १७ चैत । के काम बिशेषले यहाँ जिल्ला अदालत म्याग्दी आउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनिबार्य रुपमा परिचय खुल्ने कागजात लैजानुहोला । यदि तपाईले आफ्नो परिचय खुल्ने कुनैपनि कागजपत्र बोक्नुभएको छैन भने तपाईलाई जिल्ला अदालत प्रवेश गर्न सुरक्षाकर्मीले रोक्नेछन् । जिल्ला अदालत म्याग्दीले अनाबश्यक मानिसहरु अदालत परिसरमा बस्ने... पुरा पढ्नुहोस