अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सम्पन्न ः माउण्ट प्रथम
- २७ भाद्र २०७४, मंगलवार
- धिरन खत्री
- 1729 पटक पढिएको
म्याग्दी,२६ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भएको प्रतियोगितमा माउण्ट एभरेष्ट बोडिङका मिलन विश्वकर्मा प्रथम भएका छन । त्यस्तै दिप्तिय चिल्डेन लाईफ बोडिङ बागलुङका दिपेश थापा, तितृय डडुवाकी सङगिता किसान र सान्तवना विष्णु बुढाथोकी लमसुङ मावि लुलाङ की हुन सफल भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय तृतिय र सान्त्वना हुनेले प्रमाणपत्रसहित नगद, क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरुस्कार प्राप्त गरेका थिए । धौलागिरि अन्चलभित्र लुकेर रहेको बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न बालदिवसको अवसरमा आयोजित कार्यक्रमलाई उद्घाट्न गर्दै प्रमुख अतिथि उपमेयर बरुवालले बालबालिका भित्र रहेको अन्तरनिहित क्षमतालाई चिनाउन लोकगित प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो । त्यस्तै सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेल नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, लमसुङ माविका प्रअ तुृलसिनाथ सुवेदी स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम जिल्ला बाल संजाल म्याग्दीका अध्यक्ष दिपक परिवारको अध्यक्षता, उपाध्यक्ष थपप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव रन्जना श्रेष्ठले गरेकी थिईन । बालमैत्री शासन, बालअधिकारको सम्मान गर्ने मूल उद्देश्यले आयोजित प्रतियोगितामा २५ टिमको सहभागिता भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l