म्याग्दी समाचार

विद्यालय सुधार योजनामा शैक्षिक एजेण्डाहरुलाई समावेश गर्न सुझाब

म्याग्दी, १२ चैत । सामुदायीक विद्यालयहरुले हरेक बर्ष निर्माण तथा अध्याबधिक गर्ने विद्यालय सुधार योजनामा भौतिक पूर्वाधार संगै समसामयिक शैक्षिक एजेण्डाहरुलाई समेत समावेश गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा अपांग संघ म्याग्दीले शनिवार देखि बेनीमा सुरु गरेको विद्यालय सुधार योजना निर्माण र अध्यावधिक बिषयक... पुरा पढ्नुहोस

चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज हुदै

म्याग्दी १२ चैत । म्याग्दीको बेनीमा सञ्चालीत चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज शनिवार हुने भएको छ ।काठमाडौको गंगटा युवा कल्वको आयोजनामा बुधबारदेखि सुरु भएको सर्वाधिक धनराशीको प्रतियोगिताको बिहीबारसम्म सेमी फाईनल खेल सकिएको छ । २३ जोडी सहभागी पुरुष डबलतर्फ नेपाल पुलीस कल्वका अनिस श्रेष्ठ र गौरब दाहाल तथा त्रिभुवन... पुरा पढ्नुहोस

महोत्सवमा एकल गायन प्रतियोगिता सुरु

म्याग्दी, १२ चैत । बेनीमा सञ्चालित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शुक्रबार दोस्रो दिनदेखि एकल गायन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरी अञ्चल समितिले आयोजना गरेको प्रतियोगितामा १९ जनाको सहभागिता रहेकोमा शुक्रबार १४ जनाले पहिलो चरणको गित प्रस्तुत गरेका छन् । बागलुङ, पर्वत... पुरा पढ्नुहोस

गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन

बेनी, ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक... पुरा पढ्नुहोस

गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन

म्याग्दी ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक... पुरा पढ्नुहोस

म्याग्दीमा मनाईयो विश्व क्षयरोग दिवस, क्षयरोगबाट पिडित भएकाहरुको पहिचान दर बढ्यो

म्याग्दी, १० चैत । म्याग्दीमा पछिल्लो समय क्षयरोगबाट पिडित भएका विरामीहरुको पहिचान दर बढेको छ । विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालयले शुक्रवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा क्षयरोगबारे अभिमुखीकरण गर्दै कार्यालयका क्षयकुष्ठरोग कार्यक्रमका फोकल पर्सन मनिस कुृमार महत्तोले पछिल्लो तिन बर्षको अबधिमा... पुरा पढ्नुहोस

निस्कोटका आगलागि पिडित पुन परिवारलाई प्रवासबाट करिब तीन लाख आर्थिक सहयोग

म्याग्दी, ११ चैत । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका आगलागि पिडित केशव पुनको घरपरिवारलाई प्रवासीहरुको पहलमा आर्थिक सहयोग जुटाईएको छ ।  गत माघ १४ गते आगलागिले घर पूर्ण रुपमा क्षति भएका पुन परिवारलाई जापानमा रहेका निस्कोटका रुपेश चोचाङ्गे मगर र मलेसियामा रहेका निस्कोटका कुशल पुन मगरको पहलमा संकलन भएको करिब रु... पुरा पढ्नुहोस

अन्नपूर्णमा काँग्रेसबाट डमबहादुर पुन उठ्ने

म्याग्दी, १० चैत । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट जिल्ला सदस्य एवँ महाधिवेशन प्रतिनिधी क्या. डमबहादुर पुन भिड्ने भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा घोरेपानीका पर्यटन व्यवसायी समेत रहेका पुनलाई गाउँपालिका प्रमुख उम्मेद्वार बनाउन त्यसभेगका कार्यकर्ताले निर्णय गरेका हुन् । लामो समय भारतीय सेनामा कार्यरत पुन... पुरा पढ्नुहोस

म्याग्दीका एक युवा ६ बर्षदेखि कतारमा बेपत्ता (भिडियो सहित)

म्याग्दी, १० चैत । बैदेशिक रोजगारिको शिलसिलामा कतारमा पुगेका म्याग्दीका एक युवा विगत ६ बर्षदेखि वेपत्ता भएका छन् । बेगखोला घर भई हाल पर्वत बगरफाँटमा बस्दै आएकी दिलमायाँ विकका जेठा छोरा समबहादुर विक विगत ६ बर्षदेखि सम्पर्कविहिन बनेका हुन् । रोजगारिको शिलसिलामा कतारमा पुगेको एक बर्षसम्म घरपरिवारको नियमित सम्पर्कमा रहेका... पुरा पढ्नुहोस

विभिन्न माग राख्दै क्याम्पस प्रशासनलाई ध्यानाकषर्ण

म्याग्दी,१० चैत ।  अनेरास्ववियू क्रान्तिकारी म्याग्दी बहुमुखी इकाइ समितिले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा ध्यानाकर्षण गराएको छ । संगठनको क्याम्पस इकाई उपाध्यक्ष रसिला बस्नेतको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख टिकाराम सापकोटालाई विद्यार्थीको विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । क्याम्पसले शुल्कबृद्धि गरि शुल्क स्थगित नगर्दासम्म विद्यार्थीबाट ल्याएको शुल्क फिर्ता गनुपर्ने,... पुरा पढ्नुहोस