म्याग्दी समाचार

डेनमार्कमा मोना गठन, अध्यक्षमा राजन थापा चयन

म्याग्दी, १० असार । डेनमार्कमा राजन थापाको नेतृत्वमा म्याग्दी प्रवासी नेपाली संघको (मोना) गठन  भएको छ। आईतबार भएको भेलाबाट थापाको अध्यक्षमा गठन भएको मोना डेनमार्कको कार्यसमितिको उपाध्यक्षमा उषा पुर्जा, मिलन केसी, सचिवमा सन्तोष भण्डारी, सहसचिवमा मुकुण्द्र सुवेदी र कोषाध्यक्षमा दिलिप जुग्जाली चयन भएका छन् ।   सदस्यहरुमा पदम शर्मा, संचय... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा ५३ करोड बढीको बजेट सार्वजनिक

म्याग्दी , ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी... पुरा पढ्नुहोस

‘बेनीको बजार, जता माया उतै छ नजर’को म्युजिक भिडियो नयाँ स्वरुपमा पुननिर्माण

म्याग्दी ,९ असार । बुहचर्चित नेपाली लोक गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्यूजिक भिडियोलाई नयाँ प्रस्तुतीका साथ पुननिर्माण गर्न सुरु गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतलाई पुन... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क मानसिक तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

म्याग्दी सदरमुकाम बेनीमा शनिवार निःशुल्क मानसिक तथा प्रजनन लिड्स नेपालले मानसिक बिरामी तथा संरक्षकहरुका लागि आयोजना गरेको उक्त शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी ८० जना र मानसिक रोग सम्बन्धी समस्या भएका ५० जनाले स्वास्थ्य उपचार सेवा लिनुभएको छ । बेनी अस्पताल परिसरमा सञ्चालित शिविरमा स्वास्थ्य चेकजाँच संगै मनोपरामर्श र आवश्यक औषधी... पुरा पढ्नुहोस

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए । “च्युरीबोटस्थित घट्टेखोला हुँदै २५ मुरेसम्म... पुरा पढ्नुहोस

मालिकामा ४७ करोड ७४ लाखको बजेट पारित

म्याग्दी, असार ८ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्तीमगरले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा रु ४३ करोड २७ लाख बजेट पारित

म्याग्दी, ८ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा ७२ करोड ७८ लाखको बजेट पारित

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेकाे छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले कुल ७२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाले ल्यायो आगामी आवका लागि ४९ करोडको बजेट

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९... पुरा पढ्नुहोस

म्याग्दीका पर्यटकीय स्थल जोड्न नौ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी , ७ असार । म्याग्दीका पर्यटकीय स्थलहरु पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त रु १ करोड ५६ लाख बजेटबाट पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा... पुरा पढ्नुहोस