म्याग्दी समाचार
मल्कबाङका हिराप्रसाद तुलाचनका कथा : ‘गाउँमा जन्मिए, देश–विदेश घुमे, गोठमा जीवन विताए’ (फोटो फिचर)
- 1 बर्ष, 4 महिना अगाडि
- २३ माघ २०८०, मंगलवार
बेनी, २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० बर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले... पुरा पढ्नुहोस
प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस : स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया
- 1 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०८०, सोमबार
म्याग्दी २२ माघ । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस सोमबार देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया... पुरा पढ्नुहोस
सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा
- 1 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०८०, सोमबार
म्याग्दी, २२ माघ । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने... पुरा पढ्नुहोस
मालढुङ्गा–बेनी सडक : एक महिनामा प्रगति नदेखिए ठेक्का तोड्ने चेतावनी
- 1 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०८०, सोमबार
२२ माघ, पर्वत । कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई प्रगति देखिने गरी काम गर्न एक महिनाको समय दिइएको छ । काम सक्नुपर्ने अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अन्तिम चेतावनीका रुपमा एक महिनाको समय दिइएको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ... पुरा पढ्नुहोस
अमरज्योती माविको ६१ औ वार्षिकोत्सव मनाईयो
- 1 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
डाडागाउँ, २१ माघ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने... पुरा पढ्नुहोस
धौलागिरि आधार शिविर जाने पर्यटकलाई ‘सेतिनी भ्याली’मा होटलको सुविधा
- 1 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
म्याग्दी, २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकहरुलाई लक्षित गरेर होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा युवा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो । धौलागिरि आधार शिविरलाई लक्षित गरि सञ्चालनमा ल्याइएको टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि... पुरा पढ्नुहोस
दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
- 1 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
साधन राम्जाली /धनिलाल गर्बुजा बेनी । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । ... पुरा पढ्नुहोस
नागरिकलाई खुसी बनाउन विकास संगै सुशासन चाहिन्छ : काँग्रेस नेता पौडेल
- 1 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
बेनी २१ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै... पुरा पढ्नुहोस
बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 1 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु.... पुरा पढ्नुहोस
समुदायको गुनासो सुन्न आज बेनीमा काँग्रेसको सार्वजनिक सुनुवाई
- 1 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव... पुरा पढ्नुहोस