समाज रुपान्तरणमा युवाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • १५ भाद्र २०८१, शनिबार
  • 157 पटक पढिएको

म्याग्दी, १५ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा समाज रुपान्तरणमा युवाहरुको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ६ नम्बर वडा कार्यालको सहयोगमा म्याग्दी जेसीजले आयोजना गरेको कार्यक्रममा वडाभित्रका युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।  
कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, युवा परिषद म्याग्दीका अध्यक्ष डिपि शर्मा, म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्री लगायतले समाज रुपान्तरणमा युवाहरुको भूमिकाको बिषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णसिंह बानियाँले समाज परिवर्तन र रुपान्तरणमा युवाहरुको सक्रिय सहभागीता जरुरी रहेको बताउनुभयो । उहाँले युवाहरु सकरात्मक बाटोमा लाग्दा समाजमा परिवर्तन संगै विकास र समृद्धि समेत हाँसिल हुनेमा जोड दिनुभयो । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, उपाध्यक्ष बिशाल खत्रीको आस्था पाठ, सचिना सापकोटाको कार्यक्रम संयोजन रहेको कार्यक्रम को संचालन म्याग्दी जेसीजका कोषाध्यक्ष बिनोद घर्तिले गर्नुभएको थियो ।