सहकारी व्यवस्थापन अभिमुखीकरण कार्यक्रम

  • २६ जेष्ठ २०७५, शनिबार
  • 1765 पटक पढिएको

म्याग्दी, जेठ २६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शनिबार सहकारी व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारीका सञ्चालक, लेखा समिति, ऋण तथा शिक्षा उपसमितिका पदाधिकारीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।

सहकारीको वर्तमान व्यवस्थापन सम्बन्धमा नयाँ ऐनमा समावेश प्रावधान, सहकारीको सञ्चालक समितिको भूमिका, कर्मचारीको कामकार्वाही र सहकारीका लागि भावी दिनमा सञ्चालकहरुको जिम्मेवारीका विषयमा जानकारी गराउने उद्देश्यले सहकारी व्यवस्थापन तालिम आयोजना गरिएको बताइएको छ ।


तालिमको सहकारी अभियन्ता भवानीप्रसाद शर्मा, ग्लोबल टर्चका सञ्चालकद्वय ऋषिराम पौडेल र हेम गौतमले सहकारी शिक्षा तथा व्यवस्थापनका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए । तालिमको उद्घाटनसत्र सहकारीका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक लिलाराम गौतमको स्वागत र सचिव डण्डपाणि सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।