क्यान्सर पिडित विकलाई मलेसीयामा रहेकी गौतमको पहलमा आर्थिक सहयोग
- २६ जेष्ठ २०७५, शनिबार
- 2275 पटक पढिएको
म्याग्दी, २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका रक्त क्यान्सर पिडित सोमबहादुर विकलाई मलेसियामा रहेकी सपना गौतमको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको छ । आफ्नो जिवन रक्षाको लागि सहयोगको याचना गर्नुभएका विकको उपचारको लागि गौतमले मलेसियाबाट रु ८४ हजार संकलन गरि उपलब्ध गराउनुभएको हो । त्यस्तै कतारबाट दिपक बहादुर विककाे नेतृत्वमा संकलन भएकाे ४४ हजार र कुवेतबाट रु १० हजार सहयोग जुटाएर पिडित विकको परिवारलाई उपलब्ध गराईएको सहयोग संकलनकर्ता गौतमले जानकारी दिनुभयो ।
हाल पोखरामा उपचाररत ३२ बर्षिय विकको आर्थिक अवस्था कमजोर रहेकाले त्यहाँ रहेका नेपाली एवम सहयोग दाताहरु मार्फत उक्त सहयोग जुटाएर उपलब्ध गराईएको सहयोग संकलनकर्ता गौतमले बताउनुभयो । यता अस्पतालमा उपचाररत विकले आफ्नो उपचारमा ठुलो खर्च लाग्ने र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि सक्दो सहयोगको लागि अस्पतालको शैयाबाटै याचना गर्नुभएको छ ।
अहिले पनि अस्पतालको खर्च विभिन्न सहयोग दाताहरुले गरेको सहयोगबाट जुटाउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले सहयोग गर्ने दताहरुलाई धन्यबाद ज्ञापन गर्दै अन्य सहयोग दाताहरुलाई समेत आफ्नो जिवनरक्षाको लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । वैदेशिक रोजगारिबाट घरविदामा आएको समयमा स्वास्थ्य परिक्षण गर्दा विकलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो । गत चैतमा रक्त क्यान्सर भएको थाहा पाएपछि अस्पतालमै उपचार गराइरहेका विकको उपचारमा लाखौँ खर्च भैसकेको छ ।
बोनम्यारो पत्यारोपण गरि उपचार गर्न ठुलै खर्च लाग्ने अस्पताल प्रशासनबाट जानकारी आएपछि थप खर्च जुटाउन विकको परिवार समस्यामा परेका छन् । वैदेशिक रोजगारिबाट जिविकोपार्जन गर्दै आएका विकका श्रीमती सहित चार छोरीहरु रहेका छन् । घरमुली नै विरामी भएपछि विक परिवार यतिबेला समस्यामा परेका छन् ।