म्याग्दी समाचार

शिशु कल्याण माविको स्वर्णजयन्तीः विद्युतिय पुस्तकालय र अक्षयकोष स्थापनाको लागि चन्दा संकलन अभियान

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाईने भएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० गते हुने कार्यक्रमको प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन... पुरा पढ्नुहोस

चिमखोलामा भिरबाट लडेर मृत्यु

म्याग्दी १७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चिमखोलाको गाईखर्क मा गोठ सार्ने क्रममा भिरबाट लडेर करिब ४५ वर्षिय डिलबहादुर तिलीजाको बुधबार घटनास्थलमा निधन भएको स्थानीय धु्रब पाईजाले जानकारी दिनुभयो ।   ओडारमा राखिएको भकारी गोठतर्फ लैजाने क्रममा लडेर निधन भएका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा अपांग सञ्जाल गठन

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिकामा गाउँपालिका स्तरीय अपांग सञ्जाल गठन भएको छ । विहिवार बावियाचौरमा भएको भेलाले चक्रबहादुर नेपालीको अध्यक्षतामा १२ सदस्यीय गाउँपालिका स्तरीय अपांगता सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा याम कुमारी किसान, सचिबमा रुद्र बहादुर खड्का, कोषाध्यक्षमा खिमनाथ आचार्य र सह–सचिबमा अनिल विक चयन भएका... पुरा पढ्नुहोस

शैक्षिक गुणस्तर विषयमा अभिमुखीकरण

म्याग्दी, जेठ १७ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार शैक्षिक गुणस्तर समूहलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको हरेक कक्षाका ५ जना विद्यार्थी रहेको गुणस्तर सुधार समूहलाई विभिन्न विषयहरुमा सहजीकरण गरिएको हो । समूहले कक्षा तथा क्याम्पसमा हुने गतिविधिहरुको अवलोकन गरी अभिलेख एवं रिपोर्टिङ गर्ने बताइएको... पुरा पढ्नुहोस

चन्द्रज्योती माविको ५९ औ वार्षिक उत्सव भब्य रुपमा मनाइयो

खिवाङ १७ जेठ । धौलागिरी गाउँपालीका ४ खिवाङ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सव तथा ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजित बिबिध कार्यक्रम बिहीबार सम्पन्न भएको छ । धौलागिरी गाउँपालिकाको आर्थिक सहयोग, हेम मावि स्रोत केन्द्रको संयोजन र विद्यालयको आयोजनामा मावि स्तरका विद्यार्थी र शिक्षकहरुबीच हाँजीरी जवाफ, लोक... पुरा पढ्नुहोस

मंगलामा मेलमिलाप सम्बन्धी तालिम सुरु

प्रताप बानियाँ / म्याग्दी, जेठ १७ – पश्चिम म्याग्दीको मंगला गाउँपालिकाकाको सदरमुकाम बाबियाचौरमा बिहीबारदेखि मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । समाजमा घट्ने घटनाको न्युनीकरण गर्न गाउँपालिकाको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले वडा तहका समस्या समाधान गर्ने उद्देश्यसहित मेलमिलापसम्बन्धी विषयमा... पुरा पढ्नुहोस

साहीत्यकार शर्माको ७० औ जन्मदिनमा १४ औ कृती बिमोचन

बेनी १७ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १४ औ कृती गित संग्रह “बह”को बिहीबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतीको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले बिमोचन गर्नुभएको हो । यो कृतीमा... पुरा पढ्नुहोस

मालिकामा नक्सा पास नगरी भवन निर्माण गर्नेलाई सेवा रोक्ने निर्णय

म्याग्दी १७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाले नक्सा पास नगरी जथाभावी रुपमा भवन निर्माण गर्नेलाई सार्वजनीक सेवा रोक्का गर्ने निर्णय गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङ स्थित कार्यालयमा बिहीबार अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा बसेको बैठकले बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ कडाईका साथ लागु गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस

मोना पोर्चुगलद्वारा बे्रनट्युमर पीडित कार्कीको उपचारमा २ लाख ८० हजार सहयोग

  म्याग्दी, १७ जेठ । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट २ लाख ८० हजार आर्थिक सहयोग गरेको छ। काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट संकलित सो रकम पीडितको परिवारलाई उपलब्ध गराईएको छ । ब्रेनट्युमरबाट... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीका विद्यार्थीहरुलाई ट्राफिक निमय सम्वन्धी सचेतना

म्याग्दी, १८ जेठ । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडमीका विद्यार्थीहरुलाई विहीवार ट्राफिक निमय सम्वन्धी सचेतनामूलक तालिम दिइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र बेनीको आयोजना र जिल्ला ट्राफिक कार्यालय म्याग्दीको समन्वयमा कक्षा ९ र १० का गरी ६० जना छात्रछात्राहरुलाई ट्राफिक नियम सम्वन्धि विभिन्न जानकारी दिइएको थियो ।... पुरा पढ्नुहोस