खरी खानी ओझेलमा
- ९ भाद्र २०७५, शनिबार
- धिरन खत्री
- 2171 पटक पढिएको
रघुगंगा, ९ भदौँ । म्याग्दी रघुगंगा गाउँपालिका–२् भगवतीमा भएको खरी खानीको भिर ओझेलमा परेको छ । प्रदेशकै प्रमुख आम्दानीको श्रोत, बहुसख्यक युवाहरुलाई रोजगारी अवसर र विभिन्न सामाग्री उत्पादनमा प्रयोग हुने खरी खानीको उत्खनन्मा ध्यान नजादाँ ओझेलमा परेको हो ।
समृद्ध नेपाल सुखी नेपाली बनाउन लक्ष्यसहित अघि बढेको सरकारले चोकचोकमा राजनीतिक गफ लगाएर बस्ने युवाहरुलाई रोजगारी दिलाउन खरी खानीलाई संचालन गर्नुपर्दछ । स्थानीय र प्रदेश सरकारले खरीलाई सदुपयोग गर्न नीति सहित गुरुयोजना बनाएर बजेट विनियोजनमा ध्यान जानुपर्दछ । समृद्धि, रोजगारीमार्फत जनताको आयस्रोत दोब्वर बनाउनका लागि स्थानीयस्तरमा भएका खरी, तामा लगायतका विभिन्न खानीहरुलाई संचालन ल्यउन स्थानीय सरकारको भुमिका महत्वपुर्ण देखिन्छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l